सुजुकीका गाडीहरु इन्धन क्षमता परीक्षण मानक अनुरूप, ह्याचव्याकको बलेनोको माग उच्च

बिजमाण्डू
२०७३ जेठ १० गते ००:०० | May 23, 2016
सुजुकीका गाडीहरु इन्धन क्षमता परीक्षण मानक अनुरूप, ह्याचव्याकको बलेनोको माग उच्च
काठमाडौ। नेपालमा उपलब्ध सुजुकी गाडीको क्षमता मानक र इन्धन दक्षता तोकेको मापदण्ड अनुरुपको रहेको सुजुकी कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life

नेपालकालागि सुजुकी गाडीको अधिकृत वितरक सिजी मोटोकर्पले  नेपालमा उपलब्ध सुजुकी गाडी भारतमा निर्माण भएको र भारतीय स्ट्यान्डर्डमा रहेको जनाएको छ। जुन नेपालका लागि पनि मिल्दोजुल्दो रहेको कम्पनीको दावी छ।

कम्पनीले नयाँ प्रविधि प्रयोग गरेका कारण सुजुकी गाडी नेपालमा सबैभन्दा इन्धन किफायति भएको दावी गरेको छ।
 
नेपालमा सुजुकी मोटर्स सबैभन्दा ठूलो बिक्री नेटवर्क तथा उत्कृष्ट ग्राहक सेवासहित स्थापना भएको गाडी भएको कम्पनीले जनाएको छ।

नेपालको कुनै पनि चार पाँङग्रे कम्पनीमध्ये सुजुकी सबैभन्दा बढी बजारहिस्सा अगोगट्न सफल रहेको कम्पनीले जनाएको छ। नेपालमा सुजुकीका ३० वटा विक्री सेल्स नेटवर्क र २० वटा सर्भिस नेटवर्क छन्।

हाल नेपाली बजारमा सुजुकीका अल्टो ८००, अल्टो के १०, सिलारियो, वागोन आर, स्विफ्ट डिजाएर, सिएज, एस क्रस, ओम्नी भ्यान तथा कार्गो र इइको  गाडी चल्छन्।

कम्पनी हालै यसको प्रिमियम ह्याचव्याक को बलेनो हालै बजारमा ल्याएको छ जुन सुजुकी सेगमेण्टको सवैभन्दा बढी माग हुने कारको रुपमा स्थापित हुने कम्पनीले दाबी गरेको छ।