हिमालय एयरलाइन्सबाट पाँडे बाहिरिएको पुष्टि, श्रेष्ठ भन्छन्, लगानीकर्ता बाहिरिनु स्वभाविक

बिजमाण्डू
२०७३ जेठ १० गते ००:०० | May 23, 2016
हिमालय एयरलाइन्सबाट पाँडे बाहिरिएको पुष्टि, श्रेष्ठ भन्छन्, लगानीकर्ता बाहिरिनु स्वभाविक
काठमाडौं । हिमालय एयरलाइन्सबाट सुरुवाती लगानीकर्ता पृथ्वीबहादुर पाँडे समूह वाहिरिएको पुष्टि भएको छ । पाँडेसहितका तीन जना लगानीकर्ता प्रुभिङ फ्लाइट अघि नै हिमालयन एयरलाइन्सबाट बाहिरिएका थिए ।
 

Tata
GBIME
Nepal Life

यहाँ धेरै लगानी हुन्छन्, गाउँ, टोलमा मिलेर लगानी भएका छन्। यदि यसमा केही समस्या भए भने लगानीकर्ता बाहिरिनु स्वभाविक हो, कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले सोमबार दोहा उडानको बारेमा जानकारी दिने आयोजित पत्रकार सम्मेलनमा भने, यसलार्इ सामान्य रुपमा लिनुपर्छ।

५ वर्षमा १० ठूला विमान भित्र्याएर नेपाली उड्ययन इतिहासमा नक्षत्र बन्ने उद्घोष गरेको यो कम्पनीमा पाँडे समूहको ४१ प्रतिशत लगानी थियो। अध्यक्ष पाँडेसँगै हिमालय एयरलाइन्सका सञ्चालक समितिका अन्य दुई सदस्य पनि कम्पनीबाट बाहिरिएका थिए। बाहिरिनेमा पाँडे, महेश्वर श्रेष्ठ र सुमन पाण्डे छन्।

हिमालयन एयरलाइन्समा तिव्वेटन एयरलाइन्सको ४९ प्रतिशत सेयर स्वामित्व छ। पाँडे समूह बाहिरिएपछि हिमालयन एयरलाइन्समा अब दश प्रतिशत सेयरधनीका रुपमा रहेका आङछिरिङ शेर्पाको सेयर स्वामित्व ५१ प्रतिशत पुगेको छ।  
 
शेर्पा नेपालको हवाई सेवाको ठूलो प्लेयर यति एअरलाइन्सका संचालक हुन्। उनको नेतृत्वमा यति र तारा एअर तथा यति वर्ल्ड सञ्चालनमा छ। 

चिनियाँ सरकारकै विशेष पहलमा तिब्बेटियन एअर नेपालमा व्यवसाय गर्न भित्रिएको थियो। नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एअरलाइन्सको कमजोर धरातल र व्यवसायिक असफलताको श्रृङ्खलालाई चिर्नेगरी पाँच वर्षभित्रै १० ठूला जहाजबाट नेपाललाई विश्वका धेरै भागसम्म जोड्ने कम्पनीको योजना छ। कम्पनीको कूल लगानी २ सय ५० करोड रहेको छ ।