जगदम्बा सिमेन्टले दियो कलंकी क्षेत्रका मिस्त्री र ठेकेदारलाई तालिम, गुणस्तरीय निर्माणमा सघाउन

बिजमाण्डू
२०७३ जेठ १० गते ००:०० | May 23, 2016
काठमाडौं । जगदम्बा सिमेन्टले काठमाडौंको कलंकी क्षेत्रका स्थानीय मिस्त्री, ठेकेदार, तथा डिलरहरुलाई प्राविधिक तालिम दिएको छ । सुरक्षित तथा दीगो संरचना निर्माणका लागि कम्पनीले यस्तो तालिम दिएको हो । 
 
यस क्षेत्रका एक सय भन्दा बढी निर्माण कर्मीहरुको उपस्थिति रहेको तालिम कार्यक्रममा कम्पनीका इन्जिनियर निरज मल्लले विशेष तालिम प्रदान गरेका थिए।
कार्यक्रमका संयोजक एवं कम्पनीका वरिष्ठ विक्री प्रबन्धक रोशन पाठकले गुणस्तरीय उत्पादन, वृहत सञ्जाल र गुणस्तरमा एकरुपता भएको जगदम्बा सिमेन्टले आफ्ना उत्पादन तथा सहि निर्माण विधिका बारेमा उपभोक्तालाई साक्षर गराउने उद्देश्यले देशको विभिन्न ठाँउमा तालिम प्रदान गरेको बताए। उनले आगामी दिनमा निर्माणकर्मी तथा इन्जिनियरहरुको तहमा पनि यस्ता कार्यक्रम गर्दै जाने बताए। 
 
कम्पनीका अर्का विक्री प्रबन्धक दिनेश सुवेदीले जगदम्बा सिमेन्ट उपभोक्ता तथा समाज प्रति उत्तरदायी रही विविध उपभोक्तामुखी कार्यक्रम गरी रहेको जानकारी दिए । उनले यसै आर्थिक वर्षमा पनि मजबुती र बिमा सुरक्षा दुई गुणा नारा सहित जगदम्बा सिमेन्ट होम इन्स्योरेन्स क्याम्पेन कार्यक्रम लागु गरेको बताए। 
 
कम्पनीका आयोजना प्रमुख सुनिल पौडेलले प्राविधिकको सल्लाह बमोजिम नै निर्माण दिगो हुने बताए।
 

Tata
GBIME
Nepal Life