सय ठगले तीन घण्टामा जापानका एटिएमबाट उडाए दक्षिण अफ्रिकि बैंकको डेढ अर्व, प्रहरी बल्ल खोज्दै ठग

बिजमाण्डू
२०७३ जेठ १० गते ००:०० | May 23, 2016
सय ठगले तीन घण्टामा जापानका एटिएमबाट उडाए दक्षिण अफ्रिकि बैंकको डेढ अर्व, प्रहरी बल्ल खोज्दै ठग

टोकियो। ठगहरुको एउटा समूहले जापानमा जाली क्रेडिट कार्डको सहयोगमा एटिएमबाट एक अर्व ४० करोड येन(एक अर्व ३६ करोड रुपैयाँ) झिकेका छन्।

जापानको समाचार संस्था क्योदोकाअनुसार यो रकम सय जनाको समूहले तीन घण्टामा १४ सय मेशिनबाट निकालेका थिए। उनीहरुले रकम निकाल्नका लागि सेभेन-इलेभेन क्यास मेशिनलाई प्रयोग गरेका थिए।

Tata
GBIME
Nepal Life

सेभेन-इलेभेन क्यास मेशिनमा जापानको अधिकांश क्यास मेशिनको उल्टो विदेशी कार्डलाई स्वीकार गर्छ।

पैसा निकाल्नका लागि ठगहरुको समूहले दक्षिण अफ्रिकी बैंकको डाटा चोरेका थिए। यसैका आधारमा उनीहरुले नक्कली एटिएम कार्ड बनाएका थिए।

यो ठगी काण्डले दक्षिण अफ्रिकाको स्ट्याण्डर्ड बैंकलाई करिव एक करोड ९२ लाख डलर(दुई अर्व रुपैयाँ) घाटा लागेको छ। पुलिसलाई यो प्रकरणमा जापानको अलग अलग ठाउँमा कम्तिमा सय जना व्याक्ति प्रयोग भएको अनुमान गरेको छ।

१५ मेको यो ठगीमा प्रत्येक पटक एक लाख येनका दरले १४ सय पटक रकम निकालिएको थियो। स्ट्याण्डर्ड बैंकले यो काण्डलाई चलाख ढंगको सबैभन्दा ठूलो संगठित ठगीको रुपमा व्याख्या गरेको छ।

बैंककाअनुसार यसका लागि थोरै संख्यामा नक्कली कार्ड बनाइएको छ। बैंकले ठूलो ठगी भए पनि यसको असर उपभोक्तालाई नपर्ने जानकारी दिएको छ।

बैंकले ठगी प्रकरण नियन्त्रणका लागि काम सुरु गरिसकेको जानकारी दिएको छ।

जापानको प्रहरीले संदिग्ध व्याक्तिको सनाखतका लागि सिसिटिभि फुटेज हेरिरहेको छ। साथसाथै बैंकले इन्टरपोल पुलिससँगको साझेदारीमा बैंकबाट कसरी डाटा चोरियो तथा यति ठूलो संगठित ठगी कसरी भयो भन्ने विषयमा पनि अनुसन्धान गरिरहेको छ। अहिलेसम्म यो प्रकरणमा कसैलाई पनि गिरफ्तार भने गरिएको छैन्।