आधा दर्जन वित्तिय संस्था सम्वन्धी ऐन संशोधन हुँदै, बैंकिङ कसुरमा १२ वर्ष कैदको प्रस्ताव

बिजमाण्डू
२०७३ जेठ १० गते ००:०० | May 23, 2016
काठमाडौ। सरकारले आधा दर्जन भन्दा बढी वित्तिय क्षेत्र सम्वन्धी ऐन संशोधन र  केही नयाँ ऐन ल्याउने तयारी गरेको छ । संविधान अनुकुल बनाउने गरी ऐन ल्याउने तयारी गरेको हो।

अर्थमन्त्रालयका अनुसार केही नयाँ ऐन आउँदैछन् भने केही ऐन संशोधन गरेर ल्याउने तयारी भएको छ । मन्त्रालयका सहसचिव सूर्य आचार्यले कतिपय ऐनको मस्यौंदा मन्त्रिपरिषदमा पठाइसकिएको जानकारी दिए।

Tata
GBIME
Nepal Life

ऐनलाई समयसापेक्ष सुधार गरेर नियमन बलियो बनाउन खोजिएको उनले बताए  उनले समय अनुसार ऐनमा परिवर्तन नभएमा सर्वसाधरणको हित रक्षा नहुने बताउँदै वित्तिय क्षेत्र सम्वन्धी ऐनमा सुधार गरेर समयसापेक्ष बनाउन खोजिएको बताए।


आचार्यकाअनुसार बैंक तथा वित्तिय संस्था ऐन, बैकिङ कसुर ऐन, निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, बीमा ऐन, कर्मचारी सञ्चय कोष ऐन, लेखा परीक्षण ऐन, नागरिक लगानी कोष ऐन, फ्युचर तथा कमोडिटी ऐन, राष्ट्र बैंक ऐन, वित्तिय क्षेत्र विकास रणनीति र वित्तिय क्षेत्र साक्षरता नीतिको मस्यौंदालाई अन्तिम चरणमा पुर्याइएको छ।

सरकारले निक्षेप तथा कर्जा सुरक्षण ऐन र फ्युचर कमोडिटी सम्वन्धी ऐन नयाँ ल्याउन लागेको हो भने अरु पूरानै ऐनलाई संशोधन गर्न लागेको हो। केही विद्येकमाथि संसदीय समितिमा छलफलको क्रममा रहेको छ भने केही छलफल भएर मन्त्रिपरिषदमा पुगिसकेको छ।

अर्थ समितिले बैंक तथा वित्तीय संस्था, बैंकिङ्ग कसूर, निक्षेप तथा कर्जा सुरक्षण को, कर्मचारी सञ्चय कोष तथा लेखा परिक्षण विधेयकमा मंगलबार छलफल गर्दैछ। बैंकिङ कसुर सम्वन्धी ऐनको मस्यौंदामा भने सहमति जुटिसकेको छ।

बैकिङ कसुरका आरोपीलाई विगोको दोब्बर जरीवाना र १२ वर्ष कैद गनुपर्नेमा सहमति जुटेको छ। बैंक तथा वित्तिय संस्थामा हुने ठगी रोक्न ऐनमा कडा प्रावधान राख्न खोजिएको हो। 
 

बैंक तथा वित्तिय संस्था ऐनको मस्यौंदामा केही सभासद् र राष्ट्र बैंकवीच चर्काचर्की भइरहेको छ।

एमालेकातर्फबाट सभासद भएका सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले प्रमुख कार्यकारी र अध्यक्षको कार्यकाल तोक्न नहुने अडान राख्दै आएका छन्। राष्ट्र बैंकले पुरानो धारणामा अडान लिँदै बैंक तथा वित्तीय संस्थाहरुको सुशासनमा समस्या आउन थालेकाले कार्यकाल तोक्नु अनिवार्यु भएको तर्क दिएको छ।

 
मस्यौदामा एकै ब्यक्ति एक संस्थाको प्रमुख कार्यकारी अधिकृत र अध्यक्षका रुपमा दुई कार्यकालसम्म मात्र रहन सक्ने उल्लेख छ। यो बिषयमा बैंकका अध्यक्ष तथा सञ्चालकहरुसमेत रहेका सांसदले कार्यकाल तोक्न नहुने भन्दै अडान लिएका थिए।