बुलिस बजारले म्युचुलअ फण्डको नाफा बढायो, एक महिनामा दुई करोड देखि ११ करोडसम्म बढ्यो नाफा

बिजमाण्डू
२०७३ जेठ ११ गते ००:०० | May 24, 2016
काठमाडौं । सेयर बजारमा देखिएको बुलले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को आम्दानीमा समेत बृद्धि देखाएको छ । पुँजी बजारमै लगानी गर्ने यस्ता कोषहरुले वैशाख महिनासम्म आम्दानी निकै बढाएका छन् । 
 
मंगलबार विवरण सार्वजनिक गरेका तीन वटा कोषले आफ्नो आम्दानीमा निकै बृद्धि भएको देखाएका छन् । कोषहरुले मासिक रुपमा तुलनात्मक विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान छ । 
नबिल म्युचुअल फण्डले सञ्चालन गरेको नबिल व्यालेन्स फण्ड १ले वैशाख मसान्तसम्म ६२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । चैत मसान्तसम्म यो व्यालेन्स फण्डको नाफा ५१ करोड रुपैयाँ थियो । यो व्यालेन्स फण्डले ७७ वटा कम्पनीको सेयर किनेको छ । सेयर विक्रीबाट मात्रै १८ करोड ८८ लाख रुपैयाँ लाभ कमाएको छ । 
 
त्यस्तै सिद्धार्थ म्युचअल फण्डको सिद्धार्थ लगानी बृद्धि योजना १ ले वैशाखसम्म ५३ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ । चैत मसान्तसम्म योजनाले ४५ करोड रुपैयाँ नाफा कमाएको थियो । यो योजनाले ७९ वटा सस्थाको सेयरमा लगानी गरेको छ । वैशाखसम्म योजनाको कुल आम्दानी ५५ करोड रुपैयाँ छ । 
 
त्यस्तै लक्ष्मी म्युचुअल फण्डले सञ्चालन गरेको लक्ष्मी भ्यालु फण्ड १ को नाफा पनि बैशाखसम्म १४ करोड ९९ लाख रुपैयाँ पुगेको छ । यो फण्डले चैतसम्म १२ करोड ६० लाख रुपैयाँ कमाएको थियो । यो फण्डले ३४ करोड ६६ लाख रुपैयाँको ५२ वटा कम्पनीको सेयर किनेको छ । 
 

Tata
GBIME
Nepal Life