गुराँस लाइफले खोल्यो कैलालीमा शाखा, विना झञ्झट दावी भूक्तानी दिन समितिका अध्यक्षको निर्देशन

बिजमाण्डू
२०७३ जेठ ११ गते ००:०० | May 24, 2016
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले कैलालीको अत्तरियामा शाखा कार्यालय स्थापना गरेको छ । बीमा समितिका अध्यक्ष प्राडा फत्तबहादुर केसीले आइतबार शाखा उद्घाटन गरेका हुन् । 
 
शाखा उद्घाटन गर्दै अध्यक्ष केसीले नेपालमा जीवन र निर्जीवन बीमा गराउने प्रचलन निकै कम रहेकोले बीमा कम्पनीहरुले आफ्नो सेवा देशभर विस्तार गर्नुपर्ने बताए । उनले सेवा विस्तारबाट बीमाको बजार विस्तार गर्न पनि सुझाव दिए । 
उनले हरेक जोखिम बीमा मार्फत बीमा कम्पनीलाई दिइनुपर्ने बताए । देशको कुल जनसंख्याको करिब ६÷७ प्रतिशत मात्रै अहिले जीवन बीमा गरेको उल्लेख गर्दै अध्यक्ष केसीले दावी भूक्तानी रकम बिना झञ्झट उपलब्ध गराउन र ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्नपनि सुझाव दिए। 
 
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर प्रसाद दाहालले कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरामा गुराँस लाइफको शाखा रहेको जानकारी दिँदै सुदुरपश्चिमको सबै जिल्लामा कम्पनीको सेवा कुनै न कुनै रुपमा संचालन रहेको बताए । 
 
जीवन बीमामा तल्लो वर्गको पनि पहँुच आवश्यक रहेकोले गुराँस लाइफ इन्स्योरेन्सले १० हजार देखि देखि एक लाख ५० हजार रुपैयाँसम्मको बीमा योजना तथा सबै वर्गलाई लक्षित गरि नयाँ नयाँ योजना हाल कार्यान्वयनमा ल्याएको जानकारी पनि दिए । कम्पनीका क्षेत्रीय प्रमूख मञ्जु अवस्थीले सुदुरपश्चिमका सबै जिल्लामा गुराँसको शाखा विस्तार गर्ने योजना रहेको बताए । 
 

Tata
GBIME
Nepal Life