एसविआई, मेगा, एनसिसी र सेन्चुरीको बोनस सेयर सूचीकृत, लगानीकर्ताले नेप्सेमा कारोबार गर्न पाउने

बिजमाण्डू
२०७३ जेठ ११ गते ००:०० | May 24, 2016
एसविआई, मेगा, एनसिसी र सेन्चुरीको बोनस सेयर सूचीकृत, लगानीकर्ताले नेप्सेमा कारोबार गर्न पाउने
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा मंगलबार करिब दुई करोड कित्ता सेयर थपिएका छन् । चार वटा बाणिज्य बैंक, एउटा माइक्रोफाइनान्स र एक इन्स्योरेन्स कम्पनीले बोनस सेयर सूचीकरण गरेका छन् । सूचीकरण भएपछि यी सस्थाका लगानीकर्ताले सेयर किनबेच गर्न पाउनेछन् । 
 
स्टक एक्सचेन्जले दिएको जानकारी अनुसार मेगा बैंकको २६ लाख नौ हजार ६ सय कित्ता, नेपाल एसविआई बैंकको ८२ लाख ५५ हजार चार सय ५८ कित्ता, एनसिसी बैंकको ३२ लाख ४५ हजार सात सय ६० कित्ता र सेन्चुरी बैंकको १९ लाख आठ हजार कित्ता बोनस सेयर सूचीकरण भएको छ ।  
त्यस्तै समिट माइक्रोफाइनान्सको एक लाख ४७ हजार दुई सय कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । एनएलजी इन्स्योरेन्सको पनि ६ लाख ८३ हजार एक सय कित्ता बोनस सेयर सूचीकरण भएको जानकारी नेप्सेले दिएको छ । 
 
मंगलबार नै तारागाउँ रिजेन्सी होटलले २१ लाख २१ हजार सात सय ५० कित्ता प्रिफेन्सियल सेयरलाई साधारण सेयरमा परिणत गरेर नेप्सेमा सूचिकरण गरेको छ । यो सेयर अब दोस्रो बजारमा कारोबार गर्न सकिने छ । 
 

Tata
GBIME
Nepal Life