सगरमाथाको चुचुरोसम्म डोरी पुर्याउनेलाई ५० हजार, पर्वतीय पर्यटन अन्तराष्ट्रियकरण गर्ने प्रयास

बिजमाण्डू
२०७३ जेठ ११ गते ००:०० | May 24, 2016
सगरमाथाको चुचुरोसम्म डोरी पुर्याउनेलाई ५० हजार, पर्वतीय पर्यटन अन्तराष्ट्रियकरण गर्ने प्रयास
काठमाडौं। सरकारले सगरमाथाको  आधार शिविरदेखि चुचुरोसम्म बाटो बनाउने नौजना शेर्पाहरुलाई सम्मान गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

विषम परिस्थितिका विच सगमाथाको चुचुरोसम्म बाटो बनाउने र डोरी टाँग्ने शेर्पालाई सम्मान गर्दै नेपाल माउन्टेनियरिङ एसोसिएसनको सहयोगमा प्रतिव्यक्ति नगद ५० हजार दिने भएको हाे।

आगमि मे २९ तरिकका दिन नवौं ससरमाथा दिवसको उपलक्ष्यमा पर्यटन बोर्डमा एक कार्यक्रम गरी शेर्पाहरुलाई सम्मान गर्ने लागिएको संकृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव प्रेम कुमार राइले बताए।

नौ जना शेर्पाहरुले नौ दिन लगाएर सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्म बाटो र डोरि पुर्याएको नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले बताए। यो सिजनमा सगरमाथामा नेपाली र विदेशीगरी चारसय जनाले आरोहण गरिसकेको र अझै केहि टोलिले आरोहण गरिरहेका छन्।

भूकम्प र नाकावन्दिले थलिएको पर्यटन क्षेत्रलाई उकास्न पर्वतीय पर्यटनले धेरै राम्रो स्थान पाउने र नेपालको सम्बृद्धि हुन सक्ने नेपाल पर्यटन वोर्डका कार्यकारी अध्यक्ष दिपकराज जोशीले बताए। उनले भने 'दुइबर्षसम्म नभएको सगरमाथा आरोहण सफल भएको छ र यसले अन्तराष्ट्रिय समुदायमा राम्रो सन्देशका साथै नेपाल घुम्ने अवसर सृजना गराएको छ।'

सगरमाथामा दुइबर्षदेखि आरोहण गरिएको छैन। अघिल्लो बर्षको भूकम्पका बेला गएको हिम पहिरोका कारण १६ जना नेपाली तथा विदेशीले हिमाल आरोहणका बेला ज्यान गुमाएका गिए।