आक्रमक हुँदै स्मार्ट टेलिकम, ३४ जिल्लामा सेवा विस्तार, केही साता भित्रै थप ठाउँमा टावर विस्तार

बिजमाण्डू
२०७३ जेठ १४ गते ००:०० | May 27, 2016
काठमाडौं । स्मार्ट टेलिकमले देशका अधिकांश भूभागमा आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले टावर थप्न थालेको छ । ३४ जिल्लामा सेवा विस्तार गरिसकेको स्मार्टले केही साताभित्रै काठमाडौं, पोखरा, नेपालगञ्ज, वीरगञ्ज र चितवनमा नयां टावर थप्नेस्मार्ट टेलिकम कर्पोरेट कम्युनिकेशनका प्रमुख पवन शाक्यले जानकारी दिए ।
 
 उनले केही साताभित्रै टावर थपेर सेवा विस्तार हुने जानकारी दिए। स्मार्टले अहिले करिब ३४ जिल्लामा सेवा सञ्चालन गरिरहेको छ । 
 
नेपाल दूरसञ्चार प्राधिकरणबाट २०६५ असारदेखि ग्रामीण दूरसञ्चार अनुमति पत्र प्राप्त गरि करिब २५ जिल्लामा सेवा सुरु गरेको कम्पनीले बैशाख २०७० मा एकिकृत दूरसञ्चार अनुमति पत्र प्राप्त गरेको थियो । 
 
स्मार्ट टेलिकमले अहिले ३४ जिल्लाका सुगम तथा दुर्गम स्थानमा गरि करिब चौध लाख ग्राहकलाई सेवा दिइरहेको जानकारी दिएको छ । सेवा विस्तारका लागि टावररनेटवर्क लगायत आवश्यक प्राविधिक उपकरण जडान तथा जनशक्तिसमेत परिचालन गरिरहेको जानकारी कम्पनीले दिएको छ ।
 
शाक्यले लगानी थप गर्दै सेवा विस्तार गर्दा प्रविधिको विकासमा उल्लेखनिय टेवा मिल्ने र  प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीको अवसर प्राप्त हुने बताए। 
 
स्मार्टले सामाजिक जिम्मेवारी बहन गर्दै भूकम्पमा समेत आफ्ना ग्राहकलाई निरन्तर सेवा दिएको थियो भने ग्राहकलाई तत्काल राहत स्वरुप १०० रुपैया बराबरको रिचार्जसमेत निशुल्क प्रदान गरेको थियो ।
 
कम्पनीले भूकम्प प्रभावित गोरखा, दोलखा तथा सिन्धुपाल्चोक जिल्लाका अति विकट स्थानमा सेवा दिइरहेको छ ।  
 

Tata
GBIME
Nepal Life