बाफियाले तर्सायो बैंकका लगानीकर्ता, बजेटबाट ‘कन्फ्युज’ बिमा , मेगाका सेयरधनी धमाधम पैसा छाप्दै

बिजमाण्डू
२०७३ जेठ १७ गते ००:०० | May 30, 2016
काठमाडौं । अर्थसमितिबाट पारित भएको बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयकले अत्तालिएका लगानीकर्ता बजेटमा गरिएका ब्यवस्थाले बिमालाई फाइदा पुग्यो कि घाटा भनेर 'कन्फ्युज' देखिएका छन् ।
 
 सेयर बजारको थपघट नाप्ने सुचक हरियो भएपनि सोमबार बिमा र बैंक भने रातो भएका छन् । विधेयक पारित भएपछि बैंक तथा वित्तीय संस्थाको सबै संस्थापक सेयर साधारण भएर बजारमा 'ओभर सप्लाइ' हुने लगानीकर्ताको विश्लेषण छ ।
 
बजेट आउनुअघि बिमाको पुँजी बढ्ने हल्ला चलेको थियो । बजेटमा त्यो कार्यक्रम नआए पनि ब्यापार बढ्ने कार्यक्रमहरु भने आएका छन् । यसैमा लगानीकर्ता 'कन्फ्युज' भएको ब्रोकर कम्पनीहरुमा भेटिएका कारोबारीहरुले बताए ।
 
उनीहरुका अनुसार स्वास्थ्य बिमाका कारण ब्यापार बढे पनि यो अति नै जोखिम पूर्ण कारोबार भएकाले कम्पनीहरुलाई नोक्शान पनि हुनसक्छ ।
 
सोमबारको बजारमा बाणिज्य बैंकिङ समूह आधा अंकले घटेको छ । बिमा सुचक पनि ६.६५ अंकले घटेको छ । समग्र बजार भने ४.७१ अंकले बढेको छ । बजार नेपाल टेलिकम सुचिकृत अन्य समूह, जलविद्युत र उत्पादनमूलक समूहले बढाएका हुन् ।
 
अन्य समूह ९.४ अंकले उक्लिएको छ । जलविद्युत ७७ र उत्पादनमूलक १३४ अंकको हाराहारीमा उक्लिएको छ । फाइनान्स पनि १३ अंकले बढेको छ ।
 
दिनभरीमा बजारमा एक अर्ब १९ करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएका छन् । यसमध्ये १० करोड ४३ लाख रुपैयाँ सानिमा बैंकको कारोबार भएको छ । सिटिजन्स बैंकको पनि ९ करोड ८१ लाख रुपैयाँको किनबेच भएको छ । बजारमा चिलिमेको ६ करोड ८२ लाख र नेशनल हाइड्रोको पाँच करोड ६७ लाखको किनबेच भएको छ ।
 
सोमबारको बजारबाट कञ्चन डेभलपमेन्ट, नमस्ते वित्तीय संस्था, मेगा बैंक र कर्णाली डेभलपमेन्टका लगानीकर्ताले १० प्रतिशतले बढि सम्पतिको भाउ पाएका छन् ।

Tata
GBIME
Nepal Life