फर्स्ट माइक्रोफाइनान्सको सिइओमा पन्थी नियुक्त, ३० बर्ष राष्ट्रिय वाणिज्य बैंकमा कार्य अनुभव

बिजमाण्डू
२०७३ जेठ २१ गते ००:०० | Jun 3, 2016
फर्स्ट माइक्रोफाइनान्सको सिइओमा पन्थी नियुक्त, ३० बर्ष राष्ट्रिय वाणिज्य बैंकमा कार्य अनुभव


काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले करिव तीन महिनाको रिक्ततापछि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा भेषराज पन्थीलाई नियुक्त गरेको हो ।
 
नुमनाथ पौडेलको कार्यकाल सकिएपछि संस्थाले नयाँ प्रमुख कार्यकारी नियुक्त गर्न सकेको थिएन । करिव तीन महिनापछि राष्ट्रिय वाणिज्य बैंकबाट ३० बर्षे कार्यकाल पुरा भएर अवकाश पाएका पन्थीलाई प्रमुख कार्यकारीको जिम्मेवारी दिइएको हो ।
 
पन्थी सुरुदेखि नै राष्ट्रिय वाणिज्य बैंकमा थिए । उनी त्यहाँ कामु प्रमुख कार्यकारी अधिकृतसम्म भए ।
 
पन्थीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । विपन्न परिवारको जीवनस्तर उकास्ने उद्देश्यले खुलेको फर्स्ट माइक्रोफाइनान्समा उनले शुक्रबारबाटै कार्यभार सम्हालिसकेका छन् ।

Tata
GBIME
Nepal Life