जुकरवर्गले बिहे गरेपछि फेसबुकमा थपियो यस्तो सुविधा, बिहेको बधाई फेसबुकबाटै

बिजमाण्डू
२०६९ असार २९ गते ००:०० | Jul 13, 2012
जुकरवर्गले बिहे गरेपछि फेसबुकमा थपियो यस्तो सुविधा, बिहेको बधाई फेसबुकबाटै

काठमाण्डौ । सुटुक्क विहेको वार्षिकोत्सव मनाउने तयारीमा त हुनुहुन्न ?, तर फेसबुकको तपाई सदस्य हुनुहुन्छ भने, अब त्यो सुटुक्क नहुन सक्छ । तपाईले विहे उत्सवको जानकारी एक पटक अपडेट गरे हरेक वर्ष फेसबुक वालमा त्यो प्रकट हुनेछ, जसरी अहिले जन्मदिन फेसबुकमा प्रकट हुन्छ ।
सामाजिक सञ्जाल फेसबुकले विहिबारदेखि विवाह र उत्सव नामको नयाँ सुविधा थपेको छ, तपाँइले आफ्ना साथिभाईको विवाह एवं टिकाटालो समेत भएको खबर उनीहरुले रिलेसनसिप स्टाटस चेञ्ज गर्ने वित्तिकै थाहा पाउनुहुनेछ ।

साथिको जन्म दिनको दिन ‘फलानोज बर्थडे’ भनेर आए जस्तै अब तपाँइको फ्रेण्ड लिस्टमा भएका साथिको विवाह अथवा टिकाटालो भएपछि उनीहरुले परिवर्तन गरेको रिलेसनसिपको स्टाटसका आधारमा बर्थडेको नोटिफिकेसन जस्तै माथिपट्टिको भित्तामा फलानो एण्ड फलानो गेट इन्गेज्ड वा म्यारिड देखिने छ । त्यसपछि तपाँईले त्यसैमा क्लिक गरेर उनीहरुलाई बधाई दिन सक्नुहुन्छ । यसैगरी त्यहिंबाट साथिको हुनेबाला÷हुनेवाली वा भईसकेका÷भइसकेकीलाई फ्रेण्ड रिक्वेस्ट पनि पठाउन  सकिन्छ । भएन त गज्जब ?
त्यसो भए पछि तपाँईका साथिहरुले विवाह वा टिकाटाला गर्दा पनि बधाई दिएन भनेर गनगन गर्न नपाउने भए । अहिले नै गएर आफ्नो पेजमा यो फिचर खोज्नुभयो भने चँहि भेटिनेछैन । फेसबुकका अनुसार यो फिचर अटोमेटिक इिनेबल्ड भएकाले तपाँईको साथिहरुको रिलेसनसिप स्टाटर परिवर्तन भएपछि आफैं देखिनेछ । यस बाहेक फेसबुकले इभेन्टस पेजलाई रिडिजाईन गरेको छ । अब इभेन्टस पेजमा क्यालेण्डर र लिस्टहरु पनि हेर्न सकिन्छ । अनी तपाँईले सजिलै आफ्ना साथिहरुको बर्थ डे कहिले कहिले पर्ने रहेछ भनेर थाहा पाउन सक्नुहुन्छ भने आफ्ना इभेन्टहरुलाई क्यालेण्डरमा राख्न सक्नुहुन्छ, रिमाइण्डर स्वरुप ।

Tata
GBIME
Nepal Life