काठमाडौं । नेपाल राष्ट्र बैंकले पुँजी बजारमा गएको कर्जाले तत्काल कुनै जोखिम उत्पन्न नगर्ने स्पष्ट पारेको छ । मार्जिन प्रक्रितिको सेयर धितोमा कुल कर्जाको दुई प्रतिसतको हाराहारीमा मात्रै लगानी भएकोले डराउनु पर्ने र हस्तक्षेप गर्नुपर्ने अवस्था नभएको राष्ट्र बैंकका अधिकारीले जनाएका छन् ।
.jpg)
राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बजारमा तत्काल हस्तक्षेप आवश्यक नदेखिएको बताएका हुन् । ‘बजारमा उछाल आयो, बैंक तथा वित्तीय सस्थाले लगानी धेरै गरेको कुरा आएको छ, उनले भने, तर बैंशाखसम्म बैंकहरुले जम्मा ३२ अर्ब रुपैयाँ लगानी गरेका छन् । यो धेरै होइन ।’
इन्डिपेन्डेन्ट विजनेस न्युजले विहीबार राजधानीमा आयोजना गरेको मौद्रिक नीतिका विषयमा राष्ट्र बैंक, बैंक तथा वित्तीय सस्था र निजीक्षेत्रका प्रतितिधिहरुसँग गरेको छलफलमा अनुसन्धान विभाग प्रमुख थापाले पुँजी बजारलाई असर पुग्नेगरि तत्काल हस्तक्षेप आवश्यक नदेखिएको बताएका हुन् ।
कस्ता पक्ष हेर्दैछ राष्ट्र बैंक?
कार्यकारी निर्देशक थापाले राष्ट्र बैंकले यी विषयमा सचेत भएर हेरिरहेको जानकारी दिएका छन्ः
१, तीन चार वटा कुरा प्रमुख रुपमा राष्ट्र बैंकले हेछ । यदि सेयर बजारको उथल पुथलले प्राथमिक निष्कासनमा केही प्रभाव पार्छ कि पार्दैन भनेर हामी हेर्छौ । प्राथमिक निष्कासन भने उद्योग व्यवासायमा हुने पुँजी परिचालन हो । राष्ट्र बैंकले यही हेर्छ ।
२, दोस्रो भनेको मार्केट क्यापिटलाइजेसनमा हुने तलमाथिबाट(वेल इफेक्टबाट) भएको आम्दानीले गर्ने अन्य व्यवसायमा असर गर्छ कि गर्दैन भनेर राष्ट्र बैंकले हेर्छ ।
३, सेयर बजार र वित्तीय क्षेत्रको स्थायित्वमा पनि राष्ट्र बैंकले हेर्छ । सेयरको मूल्य घट्न थाल्यो भने सेयर बजारमा गएको कर्जाले कति खराव कर्जा(एनपिए) सिर्जना भनेर राष्ट्रको चासो हुन्छ । बैशाखसम्म कुल कर्जाको जम्मा प्रतिसत लगानी भएको छ भने राष्ट्र बैंकले तत्काल रियाक्सन देखाउनु पर्ने अवस्था छैन ।
कार्यकारी निर्देशक थापाले रियलस्टेट भने बैंक तथा वित्तीय सस्थाले कर्जा बढाएको जानकारी दिए । कुल कर्जाको करिब १५ प्रतिसत हिस्सा रियलस्टेटमा गएको छ । २५ प्रतिसतसम्मलाई सुरक्षित मान्न सकिने भएकोले यसमा पनि डराउनु पर्ने अवस्था नरहेको उनले बताए ।











