काठमाडौं । फोर्ड मोटर कम्पनीको नेपालका लागि आधिकारीक डिलर जिओ फोर्डले विहिबार ११३ औं वार्षिकोत्सव मनाएको छ। कम्पनीले जुन महिनाको २५ तारिखमा फोर्ड धनीहरुको गोकार्ट रेसिङ्ग सुरु गर्ने भएको छ।
नेपालमा सन् २०१० मा फोर्डले नेपाल प्रवेश गरेको थियो। हाल नेपालमा फोर्डका सात विभिन्न मोडेलहरु उपलब्ध छन्। नेपालमा फोर्डका ११ विक्री तथा सर्भिस केन्द्रहरु छन् भने एक क्विकलेन सर्भिस सेन्टर रहेको कम्पनीले जानकारी दिएको छ।
सबै फोर्ड धनीहरुका लागि रेसिङ्ग निशुल्क हुने र रजिष्ट्रेशन पहिलो आउनेलाई प्राथमिकता दिइने भएको छ। कार्यक्रममा रेसिङ्ग बाहेक ह्युमन स्विङ, होबर बोर्ड, मेल्ट डाउन खाना र पेयका स्टलहरु लगायत अन्य क्रियाकलापहरु हुने कम्पनीले जानकारी दिएको छ।
कम्पनीले यसको इतिहासलाई स्मरण गर्दै जुन महिना भर फोर्ड हेरिटेज मन्थ मनाउने भएको छ ।