आयल निमगमले माग्यो ६२ जना कर्मचारी, चौथो देखि सातौं तहसम्म भर्ना गर्ने, कुन पदमा कति?

बिजमाण्डू
२०७३ असार ४ गते ००:०० | Jun 18, 2016
आयल निमगमले माग्यो ६२ जना कर्मचारी, चौथो देखि सातौं तहसम्म भर्ना गर्ने, कुन पदमा कति?


काठमाडौं । नेपाल आयल निगमले ६२ जना कर्मचारी भर्ना गर्ने भएको छ । निगमले शनिवार विज्ञापन गरेर कर्मचारी मागेको हो । 
 
चौथो देखि सातौं तहसम्म कर्मचारी भर्ना गर्न लागिएको निगमले जनाएको छ । २१ दिनको म्याद राखेर सूचना प्रकाशित गरिएको छ भने दोब्बर दस्तुर तिरेर म्याद सकिएको सात दिन भित्र फारम बुझाउन सकिने व्यवस्था छ । 
 
निगमले चौथो तह –मेकानिकलतर्फ सहायक मिस्त्री देखि सातौ तहको मेकानिकल उपप्रबन्धकसम्म आवेदन माग गरेको छ । आवेदन मागिएका रिक्त पदमा एसएलसी पास गरेका र प्राविधिक शिक्षालयबाट मेकानिलक सम्बन्धी एक वर्षे तालिम लिएका वा तीन वर्षको अनुभव हुनेले देखि इन्जिनियरिङमा स्नातक उत्तिर्ण गर्नेले आवेदन दिन पाउनेछन् । 
सबैभन्दा धेरै लेखा समूहको सहायक प्रबन्धक पदमा आवेदन खुलेको छ । यो पदमा नौ जना भर्ना गरिने जानकारी दिइएको छ । त्यसैगरी सातौं तहको विभिन्न समूहमा ११ जनाको लागि विज्ञापन गरिएको छ । 
 
सहायक स्तरको पदमा आवेदन दिन १८ वर्ष पुरा भएर ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने अधिकृत स्तरमा आवेदन दिनेको उमेर २१ वर्ष पुगेर ३५ वर्ष ननाघेको हुनुपर्छ । महिला एवं अपांगहरुले भने  ४० वर्षसम्म भएपछि आवेदन दिन पाउने छन् । 
 
निगमले दरखास्त फारम र पाठ्यक्रम आफ्नो वेभ साइटमा राखेको छ । यही फारम डाउन लोड गरेर फारम भर्न सकिने जानकारी निगमले दिएको छ । आवेदकले परीक्षा दस्तुर भने राष्ट्रिय वाणिज्य बैंकको ववरमहल शाखामा बुझाउनु पर्ने छ । 
 

Tata
GBIME
Nepal Life