अर्घाखाँची सिमेन्टको सफलताको यात्रा, डेढ वर्षभित्रै सिमेन्ट उत्पादन दोब्बर बनाउँदै कम्पनी

बिजमाण्डू
२०७३ असार ६ गते ००:०० | Jun 20, 2016
अर्घाखाँची सिमेन्टको सफलताको यात्रा, डेढ वर्षभित्रै सिमेन्ट उत्पादन दोब्बर बनाउँदै कम्पनी


काठमाडौं । अर्घाखाँची सिमेन्टले उत्पादन प्रति दिन ६० हजार बोरा सिमेन्ट पुर्‍याउने भएको छ । डेढ वर्षअघि संचालनमा आएको यो उद्योगले दैनिक २४ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएकोमा अबको डेढ वर्षभित्रै उत्पादन दोब्बर भन्दा बढी बनाउन लागेको हो ।

अहिले उद्योगले दैनिक १२ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको ।  उद्योगले शुक्रबार गरेको कार्यक्रममाअ इयर अफ सक्सेस मा बोल्दै कम्पनीका निर्देशक पशुपति मुरारकाले भने, ‘आफ्नो स्थापनाको छोटो समयमा अर्घाखाँची सिमेन्टले असम्भवलाई सम्भव बनाएको छ। छोटो समयमा नै गुणस्तरीय सिमेन्टले थुप्रै उपभोक्ताको मन जितेको र देशकै नम्बर एक सिमेन्ट बन्ने यात्रामा लम्केँको उनले बताए।

कार्यक्रममा अर्घाखाँची सिमेन्टका ब्राण्ड एम्बेसेडर तथा नेपाल र भारतमा समेत लोकप्रिय कलाकार सुनिल थापाको पनि उपस्थिती रहेको थियो ।अर्घाखाँची सिमेन्ट एउटै मिलबाट सबैभन्दा धेरै ओपिसी सिमेन्ट उत्पादन गर्ने नेपालका ठूला कम्पनीहरु मध्ये एक हो। भैरहवाको मैनहीया गाविसमा अवस्थित यो सिमेन्ट उद्योगको आफ्नै चुनढुङ्गा खानी छ जसले आफैं उच्चस्तरिय क्लिंकर र ओपिसि सिमेन्ट उत्पादन गरिरहेको छ ।

Tata
GBIME
Nepal Life

अर्घाखाँचीको खाँचीकोटको चुनढुङ्गा नेपालकै सबैभन्दा उत्कृष्ट भनेर चिनिन्छ र त्यहि चुनढुङ्गा प्रयोग गरि  यस उद्योगले सिमेन्ट उत्पादन गरिरहेको छ ।

अर्घाखाँचीमा रहेको ७.४८ हेक्टर क्षेत्रफलमा फैलिएको चुनढुङ्गा खानीबाट ल्याइएको चुनढुङ्गासँगै बक्साइट, आइरन ओर र रेड क्ले लगायतका कच्चा पदार्थहरु उत्पादन प्रकृयामा लानुभन्दा पहिले आफ्नै कारखानामा रहेको अत्याधुनिक ल्याबमा परीक्षण गरि जर्मन प्रविधिको मेशिनद्वारा उच्चस्तरीय क्लिकंर उत्पादन गरिन्छ । उद्योगका अनुसार सोही क्लिंकर र जिप्सम को आवश्यक मात्रामा मिश्रण गरि सिमेन्ट उत्पादन हुन्छ ।