ग्राहक पट्याउन गोल्डम्यान सचबाट ‘सेक्स वर्कर’को प्रयोग, रसियन युवतीलाई दियो आठ करोड

बिजमाण्डू
२०७३ असार ६ गते ००:०० | Jun 20, 2016
ग्राहक पट्याउन गोल्डम्यान सचबाट ‘सेक्स वर्कर’को प्रयोग,  रसियन युवतीलाई दियो आठ करोड

लण्डन। गोल्डम्यान सचका बैंकरले आफ्ना ग्राहकलाई खुशी पार्न  'सेक्स वर्कर'को प्रयोग गरेको विवरण सार्वजनिक भएको छ। आफ्ना ग्राहक खुशी पारेवापत गोल्डम्यान सचले रुसकी 'सेक्स वर्कर' मिशेललाई एक वर्षमा पाँच लाख पाउण्ड(आठ करोड रुपैयाँ) भुक्तानी दिएको थियो।

बेलायती पत्रिका द सनले गोल्डम्यान सचको यो प्रकरण गत साता सार्वजनिक गरेको थियो। डेली मेलले सार्वजनिक गरेको तथ्यलाई रुसी युवती मिशेलले समेत स्वीकार गरेकी छन्।

Tata
GBIME
Nepal Life

गोल्डम्यान सचको यो प्रकरणका विषयमा अहिले बेलायतको उच्च अदालतमा बहस भैरहेको छ। विवरणअनुसार सन् २००८ मा बैंकले मिशेलको सेवा उसका साउदी हाइप्रोफाइल ग्राहकका लागि उपयोग गरेको थियो।

मिशेलले आफूलाई सन् २००८ मा दुवईको एउटा होटलमा ल्याइएको बताइन्। उनीसँग गोल्डम्यान सचका बैंकर तथा लिवियन इन्भेष्टमेन्ट अथोरिटीका एक अधिकारीका भाई पनि साथमा थिए।

सन् २००८ मा लिवियामा गद्दाफिको शासन थियो। उनले लिवियामाथि लागेको प्रतिवन्ध सन् २००६ मा हटेपछि त्यहाँको सम्पत्ती  लिवियन इन्भेष्टमेन्ट अथोरिटीका माध्यमबाट गोल्डम्यान सचमार्फत लगानी गर्दै आएका थिए। गोल्डम्यान सचमार्फत गरेको लगानीमा ठूलो नोक्सानी व्योहोरेपछि अथोरिटीले बैंकसँग ८४ करोड ६० लाख पाउण्ड दावी गरेको थियो।

लिवियन अथोरिटीको तर्फबाट गोल्डम्यान सचसँग मुस्ताफा नामका व्याक्तिले डिल गर्ने गरेका थिए। बैंकका भाइस प्रेसिडेन्ट मिस्टर कावजलाई लिवियन अथोरिटीसँग डिलको व्यवस्थापन गर्न गोल्डम्यान सचले जिम्मेवारी दिएको थियो।

कावजले लिवियन अथोरिटीका मुस्ताफालाई मिलाउने क्रममा उनका भाई हाइटम्यान जर्तीको प्रयोग गरेका थिए। त्योक्रममा कावजले जर्तीलाई बिजनेश क्लासको टिकटमा दुवई लगेर गएका थिए। जहाँ उनलाई पाँच तारे होटल रिट्ज कार्लटनमा बस्ने व्यवस्था मिलाइएको थियो। त्यहीं कावजले मिशेललाई पनि बोलाएका थिए।

जर्तीका लागि कावजले त्यो रात मिशेललाई ४२५ पाउण्ड भुक्तानी गरेका थिए। यसको जानकारी गोल्डम्यान सचको विषयमा अदालतमा चलिरहेका मुद्दाको बेला कावजले प्रयोग गरेको ब्ल्याक बेरी मोवाइलबाट पत्ता लागेको थियो।

कावजले मिशेललाई इटालीबाट खोजेर ल्याएका थिए। त्यहाँ उनले आफ्नो विज्ञापन गरेकी थिइन्। विज्ञापनमा उनले आफूलाई निक्कै सेक्सी बताएकी थिइन्। यो काण्ड ताका उनी २५ वर्षकि थिइन्, उनले आफ्नो विज्ञापन गर्दै भनेकि थिइन्, म निक्कै राम्री र शानदार मुस्कान भएकी युवती हुँ। मेरा अंग निक्कै सेक्सी र उत्तेजक छन्।

उनले भनेकि थिइन्, म रोमाञ्टिक र कामुक डेटका लागि संधै उत्सुक रहन्छु। मिशेलले आफ्नो तस्वीर समेत काविजलाई पठाएकी थिइन्।

बेलायतको कोर्ट रुममा प्रसङ्ग आएपछि द सनले आठ वर्षपछि मिशेललाई खोजेको छ। द सनका पत्रकारले काविजको तस्वीर देखाउँदै पुरै प्रकरणका वारेमा जानकारी दिन आग्रह गरेको थियो।

जवाफमा उनले भनिन्, यदी मैले उनीसँग भेट गरेकी थिएँ भने पनि आठ वर्ष अघि के भएको थियो म भन्न सक्दिन। मेरा दैनिक पाँच ग्राहक हुन्छन्, तपाईं आफै हिसाव गर्नुहोस् यो आठ वर्षमा मेरा कति ग्राहक भए।

काविजले यसै साता प्रेस विज्ञप्ती जारी गरेर गोल्डम्यान सच र आफूले लिवियन इन्भेष्टमेन्ट अथोरिटीका कर्मचारीका लागि कहिल्यै मनोरञ्जनको व्यवस्था नगरेको बताए। घट्नाको बेला गोल्डम्यान सचमा पाँच हजार भाइसप्रेसिडेन्ट थिए, र म तीमध्ये एक थिएँ, उनले भनेका  छन्।

लिविनय अथोरिटीका लागि मैले गरेको सबै खर्चको भुक्तानी गोल्डम्यान सचका दुई साझेदारको हस्ताक्षरमा मात्रै भुक्तानी हुन्थ्यो उनले भनेका छन्। गोल्डम्यान सचले यस्ता गलत काम भएको कुरा अस्वीकार गरेको छ। अदालतमा यो विषयमा  मुद्दा अझै पनि चलिरहेको छ।