युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले पायो ग्रेड थ्रि, २८ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने

बिजमाण्डू
२०७३ असार ७ गते ००:०० | Jun 21, 2016

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको सेयरलाई क्रेडिट रेटिङ गर्ने सस्था इक्रा नेपालले थ्रि ग्रेड दिएको छ । थ्रि ग्रेडले कम्पनीका सबै पक्ष सबल रहेको बुझाउँछ । यो कम्पनीले तल्लो मोदी १ जलविद्युत आयोाजना निर्माण गरेको हो ।

यो जलविद्युत आयोजनाले केही सयम भित्रै २८ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने चयारी गरेको छ । तल्लो मोदी १ जलविद्युत आयोजनाबाट १० मेगावाट जलविद्युत उत्पादन गरिरहेको छ र यो आयोजनाको सेयर निष्कासन गर्ने तयारी कम्पनीले गरेको छ ।

Tata
GBIME
Nepal Life

कम्पनीले अर्को आयोजना तल्लो मोदी–२ पनि निर्माण गर्ने जनाएको छ । यो आयोजनाबाट १०.५ मेगावाट विद्युत उत्पादन हुनेछ । यो आयोजनाको विद्युत खरिद विक्री संझौता पिपिए भइसकेको छ । यो आयोजनाको विद्युत उत्पादन अनुमति प्राप्त गर्ने प्रकृयामा रहेको कम्पनीका प्रवन्ध संचालक सुधिर प्रसाद तिमिल्सिनाले बताए ।