स्प्राईट क्लियर बोल प्रतियोगिता छानिए उत्कृष्ट पाँच र्यापर, यम बुद्धसँग र्याप गीतमा सहकार्य

बिजमाण्डू
२०७३ असार ७ गते ००:०० | Jun 21, 2016

काठमाडौं । स्प्राईट क्लियर बोल प्रतियोगिता पाँच प्रतिभाशाली र्यापरहरु छनौंट भएका छन् । निर्णायक प्रतिस्पर्धामा यी प्रतियोगिहरु निर्विवादरुपमा छनौट भएका हुन् ।

Tata
GBIME
Nepal Life

र्यापमा इरान पौडेल (बिर्तामोड), विदेश कार्की (धरान), सरोज कार्की एकेए रकेट (धरान), महेन्द्र थापा (काठमाडौं) र छिरिग तामाग (काठमाडौं) छनौंट भएका हुन् ।

बिजेताहरुले र्याप, स्ल्याम पोयट्री, स्ट्याण्ड अप परफरमेन्स, ए क्यापेला, स्पीड पोयट्री, बीट बक्सका हरेक चुनौतीहरु पार गरेका थिएस जसमा एक महिनासम्म आफ्नो उत्कृष्ट प्रतिभा प्रस्तुत गरेका थिए ।

विभिन्न ९ शहरबाट छानिएका १८ प्रतिस्पर्धीमध्ये निर्विवादरुपमा अन्तिम निर्णय गरिएको हो ।

बिजेताहरुले यम बुद्धसँग र्याप गीतका लागि सहकार्य गर्नेछन्, जुन धमाकेदार गीत हुने विश्वास गरिएको छ ।

यस पहलमा आबद्ध भएका यमबुद्धले भने, ‘मैले स्प्राईट क्लियर बोल प्रतियोगितामा काम गर्नु महत्वपूर्ण समयको रुपमा अनुभव गरेको छु । यस अग्रसरताले नेपालका यूवा प्रतिभाहरुका लागि महत्वपूर्ण मञ्च प्रदान गरेको छ ।’