अबको १० वर्षमा संसारकै सवैभन्दा धेरै धनी हुने ७ शहर, एसियन शहरहरु कुन कुन परे

बिजमाण्डू
२०७३ असार ८ गते ००:०० | Jun 22, 2016
अबको १० वर्षमा संसारकै सवैभन्दा धेरै धनी हुने ७ शहर, एसियन शहरहरु कुन कुन परे


संसारमा कुन दशको प्रगति के कति रहेको छ भनेर खोज्ने हो भने जिडिपी वा कुनै अनुसन्धान गर्ने संस्थाले गरेको रिसर्च हेर्नुपर्ने हुन्छ। आगामी १० वर्षमा विश्वका कुन कुन शहर धेरै धनी हुन्छन् जुन  हामीले सोचेका भन्दा फरक छन। लन्डन, हङकङ, न्यूयोर्क आदि सहरहरु तपाइले सोच्नुभएको होला तर एक अनुसन्धान संस्थाले गरेको अनुसन्धानले यि भन्दा फरक देशका शरहरहरुलाई गणना गरेको छ।

Tata
GBIME
Nepal Life

 
आगामि दश बर्षपछि वा सन् २०२५ सम्ममा सबैभन्दा धनी हुने शहरहरु यि रहेका छन्।
 
 
१ दोहा, कतार
 
धनी हुने सूचीको सबैभन्दा पहिलो नम्बरमा कतारको दोहा परेको छ। सन् २०२२ मा हुने फुटबलको विश्व कपले आर्थिक क्रियाकलापहरु बढ्नु र दोहाको प्रतिव्यक्ति जीडीपी बढ्दै जानुले कतार धनी शहरको सूचीमा एक नम्बरमा परेको छ।
 
 
 

२.बर्जेन, नर्वे
 
नर्वेको अर्थतन्त्र नै धान्ने गरेको यो शहर धेरै कुरामा प्रख्यात रहेको छ। यहाँ नर्वेको इनर्जी हब, सिपिङ र मरिन रिसर्चका रुपमा चिनिन्छ।


 

३ ट्रिन्डिम, नर्वे
यो सहरलाई स्मार्टफोनको बर्थप्लेस भनिन्छ। यहाँ सन् १८८० मा जिएसएम प्रविधिको विकास भएको थियो।


 

४ होइसङ्, दक्षिण कोरिया
यो दक्षिण कोरियाको राजधानी सहर सिओल संगै रहेको सहर हो। यहाँ हुन्डाई, सामसुङ इलेक्ट्रोनिक्सका रिसर्च सेन्टरहरु रहेका छन् भने एलजी र किया गाडिका रिसर्च सेन्टरहरु रहेका छन्।


 

५ आसान, दक्षिण कोरिया
 
होइसङ सहर नजिकै रहेको यो सहरमा धेरै ठूला औद्योगिक कम्पलेक्सहरु रहेका छन्। चीनसंग धेरै नजिकै रहेका कारण यो सहर ग्लोबल सिपिङ हबका रुपमा विकास भइसहेको छ।


 

६ रिहिन रुर, जर्मनी
यो सहर युरोपको सवैभन्दा धनि सहरमध्येको तेस्रो नम्बरमा पर्छ। यहाँ जर्मनीका इन्डस्ट्रिज र फाननान्स वेस्ड पाँचसय भन्दा धेरै कम्पनीहरु रहेका छन्।


 

७ मकाउ, चीन
यो चीनको स्वसासित मुलुक हो। यहाँ संसारकै सवैभन्दा धेरै क्यासिनोहरु रहेका छन्। गत बर्ष अर्थतन्त्रमा मन्दी आएपनि अझै यो भन्दा माथि उठ्ने जनाइएको छ।


सिएनएनको सहयोगमा