जागिरका लागि सोधिने १० प्रश्न, जसको उत्तरले तपाईको करियरको बाटो खोल्छ, यसरी दिनुस् जवाफ

बिजमाण्डू
२०७३ असार ९ गते ००:०० | Jun 23, 2016
जागिरका लागि सोधिने १० प्रश्न,  जसको उत्तरले तपाईको करियरको बाटो खोल्छ,  यसरी दिनुस् जवाफ
काठमाडौं । जागिरका लागि लिखितमा नाम निकालेपछि अन्तर्वार्तामा डाकिन्छ । कुनै कुनै कम्पनीहरुले सोझै अन्तर्वार्ताबाट कर्मचारी छान्छन् ।
 
अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको सटिक जवाफ दिन नजान्दा करियर सुरु हुनुअघि नै ढोका लाग्न सक्छ । अन्तर्वार्ता लिनेहरुले केही ट्रिकी प्रश्नहरु गर्छन् ।
 
हामी तपाईलाई यो जागिरका लागि किन छान्ने ?, यदि तपाईलाई यो जागिरका लागि छानियो भने तपाई के गर्नु हुन्छ? जस्ता प्रश्नहरु धेरै जसो सोधिन्छन् ।
 
प्रश्न १. यो पदका लागि तपाई आफूलाई किन उत्कृष्ठ ठान्नु हुन्छ ?
यो प्रश्नको जवाफमा तपाईले आफ्नो क्षमताका बारेमा बताउनुहोस् ।
जवाफ आक्रमक तरिकाले नदिनुस् ।
तपाई आफ्नो त्यो क्षमताका बारेमा बताउनुहोस्, जुन त्यो जागिरका लागि आवश्यक छ ।
 
प्रश्न २: प्रफेसनल लाइफमा तपाईलाई कुन कुराले बढि सन्तुष्टि दिन्छ ?
यो प्रश्नको खास जवाफ हुँदैन । वास्तवमा प्रफेसनल लाइफमा प्रत्येक ब्यक्तिको लक्ष्यहरु फरक हुन्छन् । त्यसैले सन्तुष्टिको स्तर पनि फरक फरक हुन्छ । यसको जवाफ दिने क्रममा आत्मविश्वास कमजोर हुने गर्छ । त्यसैले यसको जवाफ पहिलेबाटै यस्तो दिन्छु भनेर तयार हुनुस् र आत्मविश्वास डगमगाउन नदिनुस् ।
 
प्रश्न ३: पुरानो जागिर किन छाड्न लाग्नु भएको ? केही समस्या थिए पुरानो जागिरमा ?
म आफ्नो कामबाट वोर भएँ, हाकिमसँग कुरा मिल्न छाडेको छ, तलव अपुग भएर छाड्न लागेको जस्ता उत्तर विर्शिएर पनि नदिनु होला । यो एकदमै गलत जवाफ हो । विज्ञहरुका अनुसार, यस्तो जवाफको साटो तपाईले मलाई नयाँ नयाँ च्यालेन्जहरु लिन मन पर्छ, म नयाँ चुनौतीहरु खोजिरहेको थिएँ भनेर उत्तर दिनु भयो भने त्यो ठिक जवाफ हुने छ ।
 
प्रश्न ४यदि तपाईले यो जागिर पाउनु भयो भने के गर्नु हुन्छ ?
हडवडाएर जवाफ नदिनु होला । सबैभन्दा पहिले कम्पनी कस्तो खालको हो त्यो बारेमा जानकारी लिएर जानुहोस् । तपाईको जवाफमा कमिटमेन्ट झल्किनु पर्छ र त्यसको कारण जेन्युन देखिनु पर्छ । यो प्रश्न सोध्नुको एउटै कारण हो- क्यान्डिडेट जागिरका लागि साँच्चै नै इच्छुक छ कि छैन भनेर जाँच्नु । यो प्रश्नको उत्तर थोरै सोचेर दिनु भयो भने क्यान्डिडेट जागिरका लागि साँच्चै नै इच्छुक छ भन्ने अर्थ लाग्छ ।
 
प्रश्न ५: यस्ता तीन कारण बताउनुहोस्, जसका कारण तपाईलाई हामीले रिजेक्ट गर्न सकौं ?
यस्तो प्रश्न तपाईलाई दुविधामा पार्नलाई सोधिएको हुन्छ । यसको जवाफ दिने क्रममा तपाई आफ्ना कुनै पनि कमजोरीका बारेमा कुरा नगर्नुस् । बरु मैले मागेको तलव तथा सुविधा  तपाईको कम्पनीमा वढि हो जस्तो लाग्छ भन्नेजस्ता उत्तर दिनुहोस् ।
 
प्रश्न ६:  के कारणले गर्दा तपाईले यो पेशा छान्नु भयो ?
यो प्रश्नको जवाफ सजिलो जस्तो लाग्छ तर यसको उत्तर एकदमै गाह्रो छ । किनभने क्यान्डिडेटहरुले प्राय यो प्रश्नको जवाफ आदर्शवादी हिसावले दिन्छन् । यो प्रश्नको उत्तर एकदमै सत्य र इमान्दारीपूर्वक दिनुहोस् । किनभने प्रश्न सोध्नेले तपाईको जवाफमा इमान्दारीता खोजिरहेको हुन्छ ।
 
प्रश्न ७:  तपाईका पाँच वटा विशेषता बताउनुहोस् ?
यो प्रश्नको उत्तर त झनै सजिलो लाग्न सक्छ । तर अन्तर्वार्ता गर्नेले जवाफबाट तपाईको ब्यक्तित्वलाई जाँचिरहेको हुन्छ । यो प्रश्नको जवाफ तपाईले राम्रो तरिकाले दिनु भएन भने अन्तर्वार्ता लिनेले तपाईमा नयाँ कुरालाई सही तरिकाले व्यवस्थापन गर्ने क्षमता रहेनछ भन्ने ठान्छ । तपाईसँग भएका गुणहरुलाई तपाईले राम्रोसँग प्रस्तुतीकरण गर्न आवश्यक छ ।
 
प्रश्न ८: एउटा कारण बताउनुहोस् जसले तपाईको हाकिमसँग असहमति बढ्न सक्छ ?
यो प्रश्नको जवाफ पनि थोरै ट्रिकी छ । यो प्रश्नको जवाफबाट तपाईले अन्तर्वार्ता लिनेलाई आफ्नो साहसको परिचय दिन सक्नु हुन्छ । यसको उत्तर घुमाएर नदिनु होला किनभने अन्तर्वार्ता लिनेले तपाई कि झुट बोल्दै हुनुहुन्छ वा वढाइचढाइ उत्तर दिइरहनु भएको छ भन्ने सजिलै थाहापाउँछ । त्यसैले जेन्युन जवाफ दिनुस् । उदाहरण दिएर  जवाफ फर्काउनुहोस् ।
 
प्रश्न ९: तपाईले हाम्रो कम्पनी वाहेक अरु कुन कम्पनीमा जागिरका लागि आवेदन दिनु भएको छ ?
वास्तवमा यो प्रश्न सोध्नुको कारण तपाई जुन पोस्टका लागि आवेदन दिनु भएको छ त्यसका लागि तपाई कतिको इन्ट्रेस्टेड हो भनेर वुझ्नु हो । यदि तपाईले अरु कम्पनीमा पनि सेम पोस्टका लागि आवेदन दिनु भएको छ भने त्यो बारेमा बताइदिनुस् । यसले आवेदन दिएको पोस्टमा तपाई इच्छुक हो भन्ने वुझिन्छ ।
 
प्रश्न १०. यस्ता तीन बानीहरु बताउनुहोस्,  जसको कारण तपाईलाई तपाईका साथीहरुले राम्रो मान्दैनन् ?
यसको उत्तर दिन केहो गाह्रो छ । किनभने यो प्रश्नको जवाफबाट अन्तर्वार्ता लिने तपाईको कमजोर थाहापाउन खोज्दैछ । यो प्रश्नको जवाफ दिँदा पेशासँग जोडिएका कुरा नगर्नुहोस् । बरु अन्य सानातीना बानीका बारेमा कुरा गर्नुहोस् ।

Tata
GBIME
Nepal Life