युरोपेली संघबाट वेलायत अलग भए वैश्विक अर्थतन्त्रमा के पर्छ असर?, नीरव पुडासैनीको लेख

बिजमाण्डू
२०७३ असार ९ गते ००:०० | Jun 23, 2016
युरोपेली संघबाट वेलायत अलग भए वैश्विक अर्थतन्त्रमा के पर्छ असर?, नीरव पुडासैनीको लेख
स्कटिस जनमत संग्रहपछि वेलायत पुनः एक पटक जनमत संग्रहमा जाँदै छ । जुन २३ तारिकका दिन सम्पूर्ण ‘संयुक्त राज्य’  युरोपेली संघ अन्र्तगत रहने कि नरहने भन्ने निर्णय जनमतबाट छिनोफानो हुँदैछ ।

Tata
GBIME
Nepal Life

पूर्ण प्रजातन्त्रको यो सुन्दर पक्ष हो, तथापी यसले सम्र्पूण अधिराज्यलाई धुर्विकृत गरिरहेको देखिन्छ । जनमत संग्रह आफैंमा एउटा प्रजातान्त्रिक अभ्यास भएता पनि यस्ता अभ्यासहरुले अन्य क्षेत्रका असन्तुष्ट पक्षहरुका असान्र्दभिक मागहरुलाई फूल्ने मौका दिन्छ ।

यदि युरोपेली सघं छोड्ने पक्षको जित भएमा पुनः स्कटिसहरुले जनमत संग्रहको माग गर्ने छन् । यसको साथै अन्य देशहरु डेनमार्क, नर्वे, फिनल्याण्ड लगायतका मुलुकहरुमा पनि सघं विरोधी आवाज आउने पक्का छ । यसका साथै कुनै पनि विदेशीहरु प्रतिको घृणा भावको आवेग हरेक मुलुकहरुमा तेजीका साथ फैलने सम्भावना प्रवल रहन्छ । हुनत यसको प्रमाण अमेरीकी राष्ट्रपतिका उमेद्घवार ड्रोनाल्ड ट्रम्पले अलग हुने पक्षको स्वागत गरेर दिइ सकेका छन् ।
 
सम्र्पूण विश्व एउटा गाँउ भन्ने अवधारणाको विकास भहिरहेको आजको अवस्थामा, अर्थतन्त्रको टेवाको रुपमा रहेको युरोपेली बजार गुम्ने खतरा अष्ट्रेलिया लगायतका अन्य एसियन बजारले अाँकलन गरेको देखिन्छ । त्यसकारण तत्कालको लागी यदि छुटिट्न चाहनेको मत भारी  भएमा त्यस क्षेत्रका सेयर बजारमा राम्रै गिरावट देख्न सकिन्छ । किनभने संयुक्त राज्यले अन्य युरोपेली देशहरुसंग व्यापारमा सेतुको काम गरिरहेको छ । यसको साथै कमोडिटी बजारमा पनि छुट्निे मतको पल्ला भारि भएमा यसमा पनि क्षणिक गिरावट देखिन सक्छ ।

तथापी अन्य कमोडिटीको तुलनामा सुनलाई भने प्रत्यक्ष फाइदा  सायद सब भन्दा सुरक्षित लगानीको साधन यहि भएर होला । यसको अर्थ यही अलग हुने पक्षको जित भएमा सुनको मागमा वृद्घि हुनेछ र यसको प्रत्यक्ष प्रभाव मूल्यमा देखिने छ । साथै कच्चा तेलको मूल्यमा केही गिरावट देखिने पक्का छ । यसको सटिक उदाहरणको रुपमा अघिल्लो सप्ताह गरिएको मत सर्वेक्षणले प्रष्ट गर्छ ।
 
संघ छोड्ने पक्षको जितसँगै बेलायतलाई पुनः युरोप बजारको फाइदा प्राप्त गर्न पुनः मिहेनत गर्नु पर्ने बाध्यता रहन्छ । जुन स्वभाविक पनि हो । वेलायतको औधोगिक बस्तुहरुको मूख्य बजार युरोप नै हो । तसर्थ यो बजारको केही भाग तत्कालको लागि गुमेसँगै वेलायतको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने पक्का छ ।

तर यसको खण्डन गदै केहीनो भोटका समर्थकहरु रोजगारीको वृद्धि हुने कुरामा खुसी छन् । उनीहरु रोजगारीको माग बढाउने जनसंख्यामा कमी आउने कुराको आँकल नगर्न कन्चुस्याई गर्छन् । यसअर्थ यदि वेलायतले संघ छोड्ने निर्णय गरेमा आगामी केहि वर्षभित्र वेलायतको कूल गार्हस्थ उत्पादनमा उल्लेख्य कमी आउने आँकलन विज्ञहरुले गरिसकेका छन् । यसको अलावा केहि सकारात्मक पक्षहरु पनि देखिन सक्छ । जस्तै केही समयको लागि रोजगारीमा वृद्घि देखिने छ । साथै उपभोक्ता मूल्यमा केहि गिरावट हुन सक्नेछ । तर यो सब क्षणिक मात्र हुनेछ । दीर्घकालमा रोजगारीको संख्यामा कमी आउने छ । यसको साथै आर्थिक बृद्घिदर र वैदैशिक लगानीमा पनि गिरावट आउने छ ।
 
जनमत संग्रहले जे जस्तो चुनावी परिणाम दिएता पनि भविष्यको लागि यो सुखद् भने पक्कै छैन । यसले प्रत्येक क्षेत्रमा ध्रुवीकरण गर्ने छ, राजनीति र अर्थतन्त्र दुबैलाई यसले प्रभावित गर्ने छ ।

यसको साथै नेपालीमूलका वेलायतीहरु पनि कतै ध्रुविकृत भएका छन् । आम रुपमा गोरा वेलायतीहरु जो युवा तथा शिक्षित छन्, जो आर्थिक रुपमा सवल छन्, ति वर्ग संघबाट अलग नहुने पक्षमा देखिन्छन् । त्यस्तै प्रौढ तथा कम सम्पन्न अनि अर्ध शिक्षितहरु कुनै पनि हालतमा छुटिन चाहन्छन् । विदेशिहरुको कारण क्रिसमसमा हिउँ परेन भनेर धारे हात लगाउनेहरु छुट्निे पक्षमा देखिन्छन् ।

त्यसैगरि नेपाली समुदायमा पनि यस्तै देखिन्छ । सक्षम र पठित वर्गहरु अलग हुने पक्षमा देखिन्छन् तर यसको विपरीत उदार भावनाका श्रमजिवी नेपालीहरु अलग नहुने पक्षमा उभिएका देखिन्छन् । त्यसै गरी व्रिक्स समुह पनि यसलाई निकै चासोको साथ हेरी रहेका छन् । यसको परिणामले पक्कै ब्रिक्स भित्र केही हलचल आउने छ ।