भाइबरले नेपालमा लगानी गर्ने, लगानीको प्राथमिकतामा नेपाल, ४५ लाख पुगे प्रयोगकर्ता

बिजमाण्डू
२०७३ असार ९ गते ००:०० | Jun 23, 2016
भाइबरले नेपालमा लगानी गर्ने, लगानीको प्राथमिकतामा नेपाल, ४५ लाख पुगे प्रयोगकर्ता
काठमाडौं। सामाजिक सञ्जाल भाइवरले नेपालमा लगानी गर्ने भएको छ उसले नेपालको स्थानीय नेपाली भाषामा स्टिकरमा उत्पादन गर्नका लागि लगानी गर्न लागेको जनाएको छ।

Tata
GBIME
Nepal Life

 
 
विश्वभरी सात करोडभन्दा धेरै प्रयोगकर्ता रहेको र नेपालमा ४५ लाख सूचीकृत प्रयोगकर्ताहरुले प्रयोग गर्दै आएको मोवाइल एप भाइबरले नेपाली नयाँ बर्ष २०७३ को अवसरमा दशहजार मूल्य बराबरको स्टिकर एप प्रयोगकर्तालाई निशुल्क उपहार दिएको थियो। यो योजना सफल भएपछि भाइवरले निकट भविष्यमा नेपालमा एक वृहत डिजिटल संचार एप्सको रुपमा स्थापित हुँदै गएको छ।
 

नेपालमा चलेका मध्ये सामाजिक सञ्जालमध्ये भाइवर पनि एक हो। पछिल्लो केहि बर्षदेखि भाइवर नेपाललाई पनि आफ्नो बजार विस्तारको प्राथमिकतामा राख्दै आएको जनाएको छ।
 

हालै पब्लिक च्याट सुरु गरेको भाइवरले नेपालको बजारमा उल्लेख्य सफलता प्राप्त गरेको छ। पब्लिक च्याटमा प्रयोगकर्ताहरुले सेलिब्रेटि, प्रेरक र ब्राण्डलाई पछ्याउन सक्छन्। नेपालमा चलेका सेलिब्रेटिहरुले पनि भाइवरमा आफ्नो उपस्थिति जनाइसकेका छन्। माल्भिका सुब्बा, प्रियंका कार्की, ऋचा शर्मा, बाबुराम भट्टराई लगायतले पब्लिक च्याटको सुरुवात गरिसकेका छन्।
 

कार्यक्रममा भाइवरका लागि दक्षिण एसियाका क्षेत्रीय प्रमुख अनुभव नैयरले पब्लिक च्याटको सफलतापछि ग्राहकमाझ नयाँ अफर ल्याउने बताए। उनले भाइवरका लागि नेपाल राम्रो बजार भएकाले भविष्यमा थप लगानी गर्न र नविन अफरहरु ल्याउन इच्छुक रहेको बताए।