एफपिओको चर्चाले चार्टर्डको भाउ १०% ले बढ्यो, बजारमा करिव १९ अंकको बृद्धि, दुई अर्बको किनबेच

बिजमाण्डू
२०७३ असार ९ गते ००:०० | Jun 23, 2016
एफपिओको चर्चाले चार्टर्डको भाउ १०% ले बढ्यो,  बजारमा करिव १९ अंकको बृद्धि, दुई अर्बको किनबेच


काठमाडौं । एफपिको हल्ला चलेपछि सेयर बजारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको मूल्य र कारोबार चम्किएको छ । बैंकको सेयर मूल्य ९.३८ प्रतिशतले बढेर ३६ सय ७५ रुपैयाँ पुगेको छ ।
 
साताको अन्तिम कारोबार दिन बजारमा चार्टर्डले पुँजी बृद्धि गर्न एफपिओ गर्ने हल्ला चलेको थियो । त्यही कारण बजारमा चार्टर्डको सेयरको माग  बढेर कारोबार बढेको हो । बैंकको कुल सात करोड ४८ लाख रुपैयाँको किनबेच भएको छ ।
 
समग्र बजारमा भने एक अर्ब ९८ करोड ९९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । कुल १३५ कम्पनीको सेयर कारोबार भएको हो ।
 
सुरुमै दोहोरो अंकको  उचाइ पकडेको बजारमा पछि सुस्तता आएको थियो । तर चार्टर्डको हल्ला चलेसँगै बजारले १८.७८ अंकको उचाइ लिएर बन्द भयो ।
 
फाइनान्स वाहेक सबै सुचक हरिया छन् । केही समय अन्य सुचक पनि रातो थियो तर पछि बढेर हरियो भएको थियो ।
 
बिमा,  जलविद्युत र बैंकिङले बजारलाई उचाइमा पु्‍र्‍याएका हुन् । बैंकिङ २३ र बिमा करिव ७० अंकले बढेको छ ।
 
बजारमा सबैभन्दा वढि कारोबार नेशनल लाइफको १४ करोड १९ लाख रुपैयाँको भएको थियो । सत् प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेको सानिमा माइको पनि ११ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
 
१० प्रतिशतले राष्ट्रिय बिमा कम्पनीका संस्थापक सेयरधनीले सम्पति वढाएका छन् । एनएमबी माइक्रो फाइनान्स, अरुण भ्याली हाइड्रोपावर र चार्टर्डका लगानीकर्ताले १० प्रतिशत हाराहारीले सम्पतिको भाउ बढाएका छन् ।

Tata
GBIME
Nepal Life