सुनचाँदी भित्र्याउने गिरोह सक्रिय भएपछि परिवर्तन भयो झिटीगुण्टाको व्यवस्था, के के भए परिवर्तन

बिजमाण्डू
२०७३ असार ९ गते ००:०० | Jun 23, 2016
काठमाडौ । साउनपछि विदेशबाट नेपाल फर्किदै हुनुहुन्छ भने काँचो सुन नल्याउनुहोला । सरकारले गहनाबाहेकको पचास ग्रामसम्मको सुन ल्याउन प्रतिवन्ध लगाएको छ । विदेशमा ६ महिना बसेका नेपालीले अहिलेसम्म पचास ग्राम काँचो सुन ल्याउन पाउने व्यवस्था थियो ।

तर सरकारले झिटी गुण्टा सम्वन्धी व्यवस्थामा परिवर्तन गर्दै पचास ग्रामको गहनाका सुनचाँदी वाहेक काँचो सुनचाँदी ल्याउन प्रतिवन्ध गरेको हो । वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्रयोग गरेर  तस्करी बढेपछि सरकारले काँचो सुनचाँदी ल्याउन प्रतिवन्ध लगाएको हो । दुबई, मलेसिया लगायतका मुलुकमा रहेका केही नेपाली तस्करले फर्किन लागेका नेपालीलाई सुन भरियाको रुपमा प्रयोग सुनचाँदी ल्याउने गरेका थिए । सुन ल्याउने नेपालीलाई केही रकम दिएर झिटीगुण्टामार्फत सुनचाँदीको वैधानिक रुपमा तस्करी भइरहेको थियो । भन्सार विभागका निर्देशक सूर्य सेढाईले तस्करी रोक्न काँचो सुन ल्याउन प्रतिवन्ध लगाएको बताए । 
नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशबाट फर्किदा सुन र चाँदीको गहना पचास ग्रामसम्म मात्रै ल्याउन पाउनेछन् ।  एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित सुन वा चाँदीका सामानमा भन्सार लाग्दैन । ट्यावलेट वा ल्यापटप वा कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा, मोबाइल फोन र पेन ड्राइभ एकर एक थान भन्सार नतिरी ल्याउन पाउनेछन् ।

Tata
GBIME
Nepal Life

नयाँ ब्यवस्था अनुसार बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एकर एक थानमा भन्सार तिर्नुपर्दैन् । पेशागत यात्रुले बोक्ने डाक्टरका सामान्य यन्त्र, खेलाडीका सामान, गायकरसंगितकारले प्रयोग गर्ने गितार, हार्मोनियम लगायतमा भन्सार तिर्नुपर्दैन् । नयाँ ब्यवस्था अनुसार सात किलोग्रामसम्मको खाद्य बस्तुमा भन्सार तिर्नुपर्दैन् । एक लिटरसम्म विदेशी मदिरामा भन्सार लाग्दैन । यसअघि डेढ लिटरसम्ममा भन्सार तिर्नुपर्दैन्थ्यो । 
वैदेशिक रोजगारीमा गएका नेपालीले ३२ इन्चसम्मको टेलिभिजन ल्याउन पाउने व्यवस्थालाई पनि यथावत राखेको छ । ३२ इन्च भन्दा ठूलो टेलिभिजन ल्याएमा अरु सरहनै भन्सार महसुल तिर्नुपर्छ ।