इयुबाट वेलायत अलग हुँदा नेपालमा सुनको भाउ तोलामै तीन हजारले बढ्यो, चाँदी पनि३० रुपैयाँ महँगियो

बिजमाण्डू
२०७३ असार १० गते ००:०० | Jun 24, 2016

काठमाडौं । युरोपेली संघबाट वेलायत वाहिरिने मतादेश प्राप्त भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको माग वढेको छ । माग वढेका कारण भाउ पनि आकासिएको छ ।
 
अन्तर्राष्ट्रिय बजारमा सुन महँगिँदा नेपालमा पनि तोलामा ३ हजार रुपैयाँ वढेको छ । चाँदीमा पनि भागि बृद्धि भएको छ ।
 
सुन तोलाको ३ हजार रुपैयाँ बढेर ५९ हजार रुपैयाँ पुगेको छ । चाँदी पनि ३० रुपैयाँ वढेर ८२० रुपैयाँ तोला पुगेको छ ।
 
संघबाट वेलायत अलग हुने भएसँगै सुरक्षित सम्पतिका रुपमा सुनको माग वढेका कारण मूल्य उक्लिएको हो । पाउन्ड ३१ बर्षयताकै कमजोर भएको छ भने डलरको भाउ उक्लिएको छ ।

Tata
GBIME
Nepal Life