अलग हुने निर्णयले पाउन्डको भाउ ९.२३ रुपैयाँ घट्यो, नेपाली रोजगारीमा रहेको मुलुकको मुद्रा बढ्यो

बिजमाण्डू
२०७३ असार ११ गते ००:०० | Jun 25, 2016
अलग हुने निर्णयले पाउन्डको भाउ ९.२३ रुपैयाँ घट्यो, नेपाली रोजगारीमा रहेको मुलुकको मुद्रा बढ्यो
काठमाडौं । युरोपेली संघबाट वेलायत अलग भएपछि सबैभन्दा वढि मूद्रा अवमूल्यन पाउन्डको भएको छ । पाउन्डको भाउ ९ रुपैयाँ २३ पैसाले झरेको हो ।
 
छुट्टिने नतिजा आउनुअघि एक पाउन्डको भाउ नेपालमा १६० रुपैयाँ ६५ पैसा रहेकोमा नतिजा सार्वजनिकसँगै मूद्रा अवमूल्यन भएर १५१ रुपैयाँ ४२ पैसामा झरेको छ । युरोमा भने खासै गिरावट देखिएन ।
 
एक युरोको भाउ १२२ रुपैयाँ ८४ पैसाबाट झरेर १२१ रुपैयाँ ३१ पैसामा आएको छ । वेलायत अलग हुने फैसलाले अमेरिकी डलरलाई  सबैभन्दा सुरक्षित मुद्राको सुचीमा फेरि पनि उभ्याएको छ । डलर १०७ रुपैयाँ ९६ पैसाबाट बढेर १०९ रुपैयाँमा उक्लिएको छ ।
 
स्वीस फ्रान्ङ्क, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरको भाउ पनि  थोरै घटेको छ । साउदी रियाल, थाइ भाट, दिराम थोरै बढेको छ ।

Tata
GBIME
Nepal Life