भदौ पहिलो साता साझाका ३० बस नेपाल आउने, प्रक्रिया पूरा भए दशै अगाडी बस संचालन गर्ने लक्ष्य

बिजमाण्डू
२०७३ असार १२ गते ००:०० | Jun 26, 2016
भदौ पहिलो साता साझाका ३० बस नेपाल आउने,  प्रक्रिया पूरा भए दशै अगाडी बस संचालन गर्ने लक्ष्य

काठमाडौं । साझा यातायातले दसैं अगाडी काठमाडौं उपत्यकामा ३० वटा सुविधा सम्पन्न बस सञ्चालनमा ल्याउने भएको छ। साझा यातायातका कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेयले भदौंको पहिलो साता ३०वटा बस नेपाल भित्रिने जानकारी दिए । उनका अनुसार रुट परमिट लगायतका सरकारी प्रक्रिया पूरा गरेर असोजको पहिलो साता बस संचालनमा आउनेछ ।

 ‘अहिले भारतको मुम्बईमा बसको बडी निर्माणको काम भइरहेको छ’,उनले बिजमाण्डूसँग भने, ‘ यो अवधिमा कुनै अवरोध नआएमा भदौको पहिलो सातासम्ममा बस नेपाल आइपुग्छ।’ काठमाडौं आइहाले पनि सञ्चालनका लागि भने केहि समय लाग्ने सक्ने उनले बताए ।साझाले ल्याउने नयाँ बसमा ४० भन्दा बढी सिटको व्यवस्था रहनेछन्। जसमा एक सय जना यात्रुहरुले यात्रा गर्न पाउनेछन्।

Tata
GBIME
Nepal Life

विदेशमा चल्नेजस्तै उभिनेलार्इ समात्न मिल्ने २५ वटा समाउने ‘ह्याण्ड स्ट्रिप’ रहनेछन् । अब आउने बस अपाङमैत्री रहने पाण्डेयले बताए। ‘बसको पछाडीको ढोका फराकिलो हुनेछ’,उनले भने, ‘जसमार्फत ह्विल चेयर पनि प्रवेश गर्न सक्नेछ।’पाण्डेयका अनुसार गाडीको प्यासेज २ वार्इ २ लेआउटको हुनेछ। यो लेआउटमा हुँदा यात्री सहज रुपमा हिडडूल गर्न मिल्छ।  एलइडी डिस्प्ले भएको उक्त गाडीमा डिस्प्लेमार्फत गाडी कुन ठाउँमा जाने रुटहरु देखाउनेछ । यो वाहेक यात्रीका लागि छुटै टेलिभिजन हुनेछ ।

यो टेलिभिजनमा महानगरपालिकाका सूचना र कार्यक्रम देखाइनेछ। गाडीमा सिसिटीभी हुनेछ। यो सिसिटीभीमार्फत यात्रीहरुलार्इ निगरानी राखेर चोरी र अवान्छित क्रियाक्रलाप रोक्न सहयोग पुग्नेछ । बसमा दुर्इवटा ह्वील चेयर रहनेछ भने चढ्नका लागि र्‍याम पनि हुनेछ ।