सेन्चुरीले इनोभेटिभ डेभलपमेन्ट बैंक किन्ने, आइतबार गरे संझौता, इनोभेटिभको सेयर कारोबार रोकियो

बिजमाण्डू
२०७३ असार १२ गते ००:०० | Jun 26, 2016
सेन्चुरीले इनोभेटिभ डेभलपमेन्ट बैंक किन्ने, आइतबार गरे संझौता, इनोभेटिभको सेयर कारोबार रोकियो
काठमाडौं । सेन्चुरी बैंकले इनोभेटिभ डेभलपमेन्ट बैंक एक्वायर(किन्ने) भएको छ । खरिद विक्री सम्बन्धी संझौतामा आइतबार यी दुई सस्थाबीच संझौता समेत भएको छ । बाणिज्य बैंकसँगै मर्ज गर्ने प्रयासमा रहेको सेन्चुरीले उपयुक्त सस्था नभेटेपछि तीन जिल्ला कार्यक्षेत्र रहेको बैंक खरिद गर्न लागेको हो । 
पुँजी बृद्धिमा दवाव पुगेपछि बाणिज्य बैंकहरुले तुलनात्मक रुपमा थोरै  पुँजी भएका विकास बैंक किन्न लागेको हुन् । सिटिजन्स्, सनराइज, प्राइम, ग्लोबल आइएमई लगायतका बाणिज्य बैंकले विकास बैंक एक्वाएर गरिरहेका छन् । 
 
२९ करोड रुपैयाँ चुक्ता पुँजी भएको इनोभेटिभको मुख्य कार्यालय भैरहवामा छ । तीन जिल्ला कार्यक्षेत्र रहेको यो विकास बैंकको रिजर्भमा सात करोड रुपैयाँ छ । रुपन्देही, नवलपरासी र चितवन यसको कार्यक्षेत्र हो । यो बैं‌ककाे सेयर कारोबार आइतबार देखि नै रोकिएको छ ।
 
मुख्य कार्यालय सहित बैंकले सात वटा शाखा सञ्चालनमा ल्याएको छ । २०६६ साल देखि सञ्चालनमा आएको यो बैंकले दुई अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । 
 
यो बैंक एक्वायर गर्दा सेन्चुरीको चुक्ता पुँजी बढाउन केही सहयोग पुग्छ । हाल सेन्चुरीको चुक्ता पुँजी दुई अर्ब ८४ करोड रुपैयाँ छ । 
 

Tata
GBIME
Nepal Life