स्मार्टफोन किन्दै हुनुहुन्छ ?लेनोभोको स्मार्टफोनको मूल्यमा कटौंती, ७५००रुपैयाँमा स्मार्टफोन

बिजमाण्डू
२०७३ असार १२ गते ००:०० | Jun 26, 2016
स्मार्टफोन किन्दै हुनुहुन्छ ?लेनोभोको स्मार्टफोनको मूल्यमा कटौंती, ७५००रुपैयाँमा स्मार्टफोन

काठमाडौं । लेनोभो स्मार्टफोनले आक्रामक बजार विस्तारका लागि मूल्य कटौंती गरेको छ । लेनोभोको नेपालको आधिकारिक बिक्रेता लाइफ कम प्रालिले उपभोक्तालार्इ सस्तो फोन उपलब्ध गराउन मूल्य घटाएको जनाएको छ ।

लेनोभोको ए३१९डब्लु, ए३२९डब्लु, ए५३६डब्लु र ए५००० श्रेणीका स्मार्टफोनको मूल्यमा उच्च कटौंती गरिएको कम्पनीले जनाएको छ ।  अब लेनोभोको ए३१९डब्लुको ६ हजार ७ सय ५० रुपैयाँ , ए३२९डब्लु ८ हजार १ सय ५० रुपैयाँ, ए५३६डब्लुको १० हजार ६ सय ५० रुपैयाँ र ए५०००को १२ हजार ८ सय ५० रुपैयाँ मूल्यमा उपभोक्ताले किन्न पाउने कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life

 यसअघि ए३१९डब्लु, ए३२९डब्लु, ए५३६डब्लु र ए५०००को स्मार्टफोनको मूल्य ७ हजार ५ सय, १० हजार, १२ हजार २ सय र १५ हजार २ सय रुपैयाँ थियो । मूल्य घटेका उत्पादनमा समेत ग्राहकले क्यास काउन्ट योजनामा सहभागी हुन पाउने कम्पनीले जनाएको छ । कम्पनीले क्यास काउन्ट योजना अन्तर्गत प्रत्येक लेनेभो स्मार्टफोनको खरीदमा एउटा स्क्रयाच कार्ड पाउने र त्यसमा स्योरशट पाँचसयदेखि एक लाख रुपैयाँसम्म पाउने योजना ल्याएको छ ।