बैंकले ‘लिड’ गर्दा सेययर बजारमा उछाल, बिमा बाहेकको वित्तीय क्षेत्र बढ्यो, १६० करोडको किनबेच

बिजमाण्डू
२०७३ असार १२ गते ००:०० | Jun 26, 2016
बैंकले ‘लिड’ गर्दा सेययर बजारमा उछाल, बिमा बाहेकको वित्तीय क्षेत्र बढ्यो, १६० करोडको  किनबेच
काठमाडौं । लुम्बिनी जनरल इनस्योरेन्स र एभरेष्ट बैंकमा लगानीकर्ता ओइरिएका छन् । सेयर बजारमा लुम्बिनी जनरलको ११ करोड २२ लाख र एभरेष्टको १० करोड १७ लाख रुपैयाँको किनबेच भएको छ ।
 
लगनीकर्ताहरुले स्ट्यान्डर्ड चार्टर्ड बै‌क र नेपाल एसबिआइ बैंकमा पनि आकर्षित भए । दिनभरीमा चार्टर्डको ६ करोड ८६ लाख र एसबिआइको पाँच करोड ४५ लाखको किनबेच भयो ।
 
बैंकिङ समूह उर्लिएका कारण सेयर बजारले १८.८८ अंकको छलाङ हानेको छ । बजार १६८५ अंक पार भएको छ । दिनभरीमा एक अर्ब ६० करोड ५७ लाख रुपैयाँको किनबेच भएको छ । कुल १३५ कम्पनीको सेयर खरीद बिक्री भयो ।
 
साताको पहिलो दिन अन्य सुचक स्थिर रह्यो भने होटल, जलविद्युत, बिमा र उत्पादनमूलक सुचक घटेका छन् । बैंकिङ समूहमा ३३.३३ अंको बृद्धिसँगै बजार उकालो लागेको हो । जिकास बैं‌क ९ र फाइनान्स चार अंकले  बढेको छ ।
 
अल्पाइन डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतले सम्पति जोडेका छन् । राष्ट्रिय बिमा कम्पनी संस्थापक, साझा विकास, प्रोग्रेसिभ फाइनान्स, मनास्लु विकास र नयाँ नेपाल लघुवित्तका लगानीकर्ताले नौं प्रतिशतमाथि सम्पति बढाएका छन् । भार्गव विकासका सेयरधनीले १० प्रतिशत हाराहारी गुमाएका छन् ।

Tata
GBIME
Nepal Life