युनाइटेड फाइनान्सको हकप्रद सेयर असार ३० बाट, ११ लाख ५९ हजार ८३६ कित्ता हकप्रद निस्कासन

बिजमाण्डू
२०७३ असार १३ गते ००:०० | Jun 27, 2016

काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेडले असार ३० गतेबाट हकप्रद सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले कुल चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने भएको हो ।
 
कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ लाख ५९ हजार ८३६ कित्ता हकप्रद सेयर निस्कासन गर्ने भएको हो ।
 
राष्ट्र बैंकले फाइनान्स कम्पनीको पुँजी ८० करोड रुपैयाँ हुनु पर्ने ब्यवस्था गरेपछि कम्पनीले हकप्रद सेयरबाट पुँजी बढाउन लागेको हो ।

Tata
GBIME
Nepal Life