आरबिआइ गभर्नरमा चार जनाको नाम सर्टलिस्ट, उर्जित पटेलदेखि एसबिआइ बैंककी भट्टाचार्यसम्म

बिजमाण्डू
२०७३ असार १३ गते ००:०० | Jun 27, 2016
आरबिआइ गभर्नरमा चार जनाको नाम सर्टलिस्ट, उर्जित पटेलदेखि एसबिआइ बैंककी भट्टाचार्यसम्म


नयाँ दिल्ली । भारतीय सरकारले रिजर्भ बैंक अफ इन्डिया (आरबिआइ) को आगामी गभर्नरका लागि चार जनाको नाम सर्टलिस्ट गरेको छ । भारतीय सञ्चार माध्यम न्युज१८ ले केहीअघि समाचार सार्वजनिक गर्दै चार जनाको नाम सर्टलिस्ट भएको जनाएको छ ।
 
सुचीमा बर्तमान डेपुटी गभर्नर, पूर्व डेपुटी गभर्नर, अर्थशास्त्री र भारतकै सबैभन्दा ठूलो बाणिज्य बैंककी प्रमुखसम्म छिन् ।
 
सरकारका एक उच्च अधिकारीले भने- आरबिआइका डेपुटी गभर्नर उर्जित पटेल, पूर्व डेपुटी गभर्नर राकेश मोहन तथा सुविर गोकर्ण र स्टेट बैंक अफ इन्डियाकी अध्यक्ष अरुनधती भट्टाचार्यको नाम सर्टलिस्ट गरिएको हो ।
 
बर्तमान गभर्नर रघुराम राजनको तीन बर्षे कार्यकाल सेप्टेम्बरमा पुरा हुँदैछ । उनले आफ्ना कर्मचारीलाई पत्र लेख्दै अर्को कार्यकाल नखाने जनाएका थिए ।

Tata
GBIME
Nepal Life