लक्ष्मी बैंकले साढे ४४ करोडमा किन्यो न्युरोडमा जग्गा, भवन बनाएर सबै बैंकिङ सेवा उपलब्ध गराउने

बिजमाण्डू
२०७३ असार १३ गते ००:०० | Jun 27, 2016

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले राजधानीको न्यूरोडमा जग्गा खरीद गरेको छ । बै‌कले ३२९.८९ वर्ग मिटरको जग्गा ४४ करोड ५० लाख रुपैयाँमा खरीद गरेको हो ।
 
बैंकले न्यूरोको जग्गामा नयाँ बिल्डिङ बनाएर सम्पूर्ण ब्यवसायिक कारोबारहरुलाई त्यहाँबाट सञ्चालन गर्ने योजना बनाएको छ । 'न्यूरोडमा हाम्रो अहिले पनि शाखा छ । त्यो शाखाको कारोबार थप बिस्तार गर्दै लैजानका लागि त्यहाँ जग्गा किनेका हौं' प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बिजमाण्डूसँग भने, 'जग्गामा भएका पुर्वाधारहरु केही साताभित्रै भत्काएर नयाँ बिल्डिङ बनाउँछौं ।'
 
बैंकले नयाँ बिल्डिङबाट सबै खालको व्यवसायिक सेवा उपलब्ध गराउने छ । 'कर्जादेखि ब्यापारिक  सबै सेवा त्यहाँबाट दिने उद्देश्य छ' उनले भने, 'कम्प्रिहेन्सिभ बैंकिङ सेवा दिने छौं ।' बैंकले एक डेढ बर्षभित्रै त्यहाँ नयाँ भवन बनाएर सेवा सुरु गर्ने योजना बनाएको छ ।
 

Tata
GBIME
Nepal Life