बजारमा साढे ३६ अंकको उछाल, सुचक १७२१ अंकमाथि, एफपिओको हल्ला र बिमाको बिकल्पमा उचालियो

बिजमाण्डू
२०७३ असार १३ गते ००:०० | Jun 27, 2016
काठमाडौं । बाणिज्य बैंकहरुको सेयर मूल्य उर्लिँदा पुँजी बजारले १७०० अंक पार गरेको छ । बिमामा गिरावट आएपनि बाणिज्य बैंक समूहले 'हाप सेञ्चुरी' नघाएसँगै बजारले १७०० अंकलाई सजिलै पार लगाउँदै १७२१.७७ अंकमा पुगेर बन्द भएको छ ।
 
बजारमा एकै दिन ३६.६० अंकको बृद्धि देखिएको छ । एभरेष्ट बैंक, नेपाल एसबिआइ बैंकलगायतको लिडमा सेयर बजारले नयाँ उचाइ कायम गरेको हो । यद्यपी कारोबार रकम भने केही घटेको  छ ।
 
बजारमा दिनभरीमा १३२ कम्पनीका एक अर्ब ६३ करोड ९० लाख रुपैयाँको सेयर किनबेच भएको छ । धेरैपछि बै‌किङ समूह ६१.०७ अंकले उक्लिएको छ । बिमा भने ९५.५७ अंकले झरेको छ भने होटल समूह २६.१९ अंकले रातो भएको छ । बाँकी सबै समूह हरियो छन् ।
 
एभरेष्ट बैंकको नौं करोड ९५ लाख रुपैयाँ, नेपा एसबिआइको आठ करोड ६४ लाख रुपैयाँ र नेपाल बंगलादेश बैंकको सात करोड चार लाख रुपैयाँको किनबेच भएको छ । व्रोकरहरुका अनुसार सोमबार बैंकिङमा खुद्रा कारोबार वढि भएको थियो ।
 
सेन्चुरी बै‌क र जेविल्स फाइनान्सका लगानीकर्ताले १० प्रतिशत हाराहारीमा कमाएका छन् । बजारले नयाँ उचाइ कायम गर्दा मनास्लु विकास, नेपाल इन्स्योरेन्सलगायतले भने गुमाइरहेका थिए ।
 
म्युचल फन्ड्सका इकाइहरुलाई छाड्दा सबैभन्दा वढि कित्ता सेयर कारोबार नेपाल बै‌कको भएको छ । बैंकको९२ हजार २३५ कित्ता कारोबार भएको छ । यसपछि सेन्चुरी, एनबी, एनएबी बैंकको भएको छ ।
 
ब्रोकरहरुका अनुसार, ठूला बैंकहरुको एफपिओको हल्लाले बजारलाई उचालेको हो । साथै महँगो मूल्यको बिमा कम्पनीको बिकल्पका रुपमा अहिले बैंकको सेयर देखिएका कारण पनि सुचक उचालिएको हो ।

Tata
GBIME
Nepal Life