महिन्द्राको गाडीको सर्भिस सेन्टर सितापार्इलामा, अत्याधुनिक मेशिनबाट गाडीको चेकजाँच

बिजमाण्डू
२०७३ असार १३ गते ००:०० | Jun 27, 2016
महिन्द्राको गाडीको सर्भिस सेन्टर सितापार्इलामा, अत्याधुनिक मेशिनबाट गाडीको चेकजाँच


काठमाडौं । महिन्द्रा गाडीको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवर्क्सले सितापार्इलामा प्रनाम अटोमोबाइल संचालनमा ल्याएको छ ।यो सर्भिस सेन्टरको अग्नि समूहका प्रवन्ध निर्देशक क्याविनेट श्रेष्ठ र कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले संयुक्त रुपमा उद्घाटन गरे ।

यो सर्भिस सेन्टर सातै दिन र २४औ घन्टा सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो सर्भिस सेन्टरमा डेन्टपेन्ट, गाडी मर्मत र आधुनिक प्रविधिबाट गाडीको चेकजाँच गरिने कम्पनीले जनाएको छ । आधुनिक मेशिनद्धारा गाडी सफा गर्ने सुविधा रहेको कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life