नेप्से झुक्याउँदै लगानीकर्ता, इन्डेक्समै करेक्सन, ३६ हैन २८ अंक मात्रै बढेको हो परिसूचक

बिजमाण्डू
२०७३ असार १४ गते ००:०० | Jun 28, 2016
नेप्से झुक्याउँदै लगानीकर्ता,  इन्डेक्समै करेक्सन, ३६ हैन २८ अंक मात्रै बढेको हो परिसूचक

काठमाडौं। सोमवार बजार बन्द हुँदा ३ बजे नेपाल स्टक एक्सचेञ्जको मूल सूचक ३६.६० अंकले बढेको थियो भने नेप्सेले १७२१.७७ को विन्दु भेटेको थियो। तर साँझ साढे सात बजे नेप्सेको वृद्धि र सूचक दिउँसोभन्दा फरक देखियो।

Tata
GBIME
Nepal Life

राती साढे सात बजेको अपडेटअनुसार नेप्से सूचक ३६.६०अंक होइन जम्मा २७.६७ अंक मात्रै बढेको थियो। नेप्से सूचकले पनि १७२१.७७ को विन्दु होइन १७१२.८४ विन्दू मात्रै भेटेको थियो।


बजार बन्द हुँदा र रातीको तथ्यांकवीच ८.९३ अंकको फरक देखियो। यसले मूल सूचक मात्रै होइन नेप्सेको उचाइ समेत घटायो। नेप्सले सूचना जारी गर्दै यसलाई प्राविधिक कमजोरीका रुपमा व्याख्या गरेको छ।

एक्सचेञ्जले भनेको छ, प्राविधिक कारणले सूचकांक समायोजन गरिएको छ। बजार खुल्दा नेप्से ८.९३ अंकले बढेको थियो। अब त्यसलाई सुधार गरिएको छ। गलत सूचनाका लागि माफि चाहन्छौं।

मूल इन्डेक्समा गल्ती भएको भन्दै सच्याए पनि सबइन्डेक्समा भने कुनै परिवर्तन भएको देखिंदैन्। दिउँसो बजार बन्द हुँदा जुन अवस्थामा सबइन्डेक्स छन्, राती पनि सबइन्डेक्सहरु त्यही अवस्थामै छन्।

नेप्सेमा मुल इन्डेक्समा देखिएको यो त्रुटी पहिलो भने होइन यस अघि पनि सूचकमा गल्ती भएको भन्दै पटक पटक परिवर्तन भएका छन्।