मुक्तिनाथ विकास बैंकले कर्मचारीलाई दियो ऐश्वर्य विज्ञान, ७६ जना कर्मचारी सहभागी

बिजमाण्डू
२०७३ असार १४ गते ००:०० | Jun 28, 2016

काठमाडौं । मुक्तिनाथ विकास बैँकले आफ्ना कर्मचारीहरुमा सकारात्मक सोचको विकास, योग, ध्यान, चिन्तन र सङकल्प गर्न सक्ने क्षमता अभिबृद्धि गराउने उद्देश्यले पोखरामा “ऐश्वर्य विज्ञान” तालिम आयोजना गरेको छ । दुई दिनसम्म चलेको तालिमको सहजीकरण जीवन विज्ञान फाउन्डेशनका जीवन विकास विशेषज्ञ एलपि भानु शर्मा र रमेश नेपालले गरेका थिए ।

Tata
GBIME
Nepal Life

तालिममा बैँकका केन्द्रीय कार्यालय लगायत कास्की, स्याङजा, पाल्पा, गुल्मी, पर्वत, बागलुङ, तनहु र नवलपरासी जिल्ला स्थित कार्यालयहरुका शाखा प्रमुखहरु तथा लघुवित्त डेस्क प्रमुखहरु उपस्थित थिए । कुल ७६ जनाको सहभागिता रहेको बैंकले जनाएको छ ।