महाप्रसाद लगानी बोर्डको सिईओ नियुक्त

बिजमाण्डू
२०७३ असार १४ गते ००:०० | Jun 28, 2016
महाप्रसाद लगानी बोर्डको सिईओ नियुक्त

काठमाडौं। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा महाप्रसाद अधिकारीलाई चार वर्षका लागि नियुक्त गरेको छ। लगानी बोर्डको सिईओका लागि राधेश पन्त तथा अधिकारी प्रतिश्पर्धामा थिए।

बिहिवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डेपुटी गभर्नरबाट हालै रिटायर्ड अधिकारीलाई  लगानी बोर्डको सिईओ नियुक्त गरेको हो। दश अर्व रुपैयाँभन्दा बढी लगानी तथा पाँच सय मेगावाटभन्दा बढी क्षमताको जलविद्युत आयोजनालाई एक द्वार नीतिअन्तर्गत लगानी बोर्डले हेर्ने गरेको छ। बोर्डको पहिलो सिईओ राधेश पन्तले आफ्नो एक कार्यकाल पूरा गरिसकेका छन्।

Tata
GBIME
Nepal Life

उनी दोस्रो कार्यकालका लागि पनि सरकारले गराएको प्रतिश्पर्धामा सहभागी भएर अन्तिम तीनमा परेका थिए। को हुन अधिकारी? पुसमा पाँच वर्षको कार्यकाल पूरा गरेर डेपुटी गभर्नरबाट रिटार्यड भएका अधिकारीले ३० वर्षभन्दा बढी केन्द्रिय बैंकमा काम गरेका थिए। त्रिभूवन विश्वविद्यालयबाट बिजनेश एडमिनेस्ट्रेशनमा स्नातक गरेका अधिकारीले सन् १९९३ मा भारतबाट चार्टड एकाउण्टेन्सी गरेका थिए। उनी गर्भनरका लागि सिफारिशमा परेका तीन जनामध्ये एक थिए। केन्द्रिय बैंकमा रहँदा उनले संस्थागत सुशासन तथा बैंकिङ सुपरिवेक्षणलाई बलियो बनाउने काम गरेका थिए। –