टिभिएसको एक्सएल १०० स्कुटर नेपाली बजारमा, ग्यास सिलिण्डर र पानीको जार सजिलै अट्ने

बिजमाण्डू
२०७३ असार १४ गते ००:०० | Jun 28, 2016
टिभिएसको एक्सएल १०० स्कुटर नेपाली बजारमा, ग्यास सिलिण्डर र पानीको जार सजिलै अट्ने


काठमाडौं । जगदम्बा मोटर्सले नेपालमा सुहाँउदो टिभिएस एक्सएल १०० स्कुटर नेपाली बजारमा ल्याएको छ । टिभिएसको नेपालको आधिकारिक बिक्रेता जगदम्बाले केही समयपहिले यो स्कुटर नेपाली बजारमा ल्याएको हो ।

यो स्कुटरले प्रतिलिटर ६९ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो स्कुटरमा ग्यासको सिलिण्डर, पानीको जार, खाद्यान्न लगायतका सामान सजिलै ‌ओसार पसार गर्न सकिने कम्पनीको दाबी छ । कम्पनीले स्कुटर र टिभिएस भिक्टरलार्इ लक्षित गर्दै प्रडक्ट ट्रेनिङ कार्यक्रम आयोजना गर्यो । यो कार्यक्रममा १ सय १० जनाको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

टिभिएस भिक्टर स्टाइलयुक्त फेमिली बाइक रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार भिक्टरमा ३ भल्भयुक्त १ सय १० सीसीको इञ्जिन हो । कम्पनीका अनुसार यो बाइकले प्रतिलिटर ७६ किलोमिटर माइलेज दिन्छ । बाइकमा ६० वाटको हेडल्याम तथा सुविधाजनक सवारीलार्इ ध्यान दिएर लचकदार सस्पेन्सको प्रयोग भएको कम्पनीले जनाएको छ । कम्पनीका हाल देशभ ६५ वटा डिलर छन् ।  
 

Tata
GBIME
Nepal Life