तीन महिनादेखि बैंकको सुन बिक्री हुन छाड्यो, तस्करी भएको हुनसक्छ: बैंकर, मागै छैन: सुन ब्यवसायी

बिजमाण्डू
२०७३ असार १५ गते ००:०० | Jun 29, 2016
पवन तिमिल्सिना/बिजमाण्डू
काठमाडौं । ब्यवसायीहरुले माग गर्न छाडेपछि बै‌कहरुले तीन महिनादेखि सुन बिक्री गर्न छाडेका छन् ।  सुनको माग नभएपछि आयात गर्न ठिक्क पारिएको सुनको अर्डर पेन्डिङमा परेको छ ।
 

Tata
GBIME
Nepal Life
कुन बैंकसँग कति स्टक Inside Bagmati  Outside Bagmati         Pending Import
  gold in KG gold in KG IN Out
ADBL  0 0    
BOK 0 0    
Century 50 50    
Citizens 9 0    
Civil 0 0    
GlobalIME 0 0    
Janata 0 0    
Kumari 0 0    
Laxmi 50 0    
Machhapuchchhre 0 0    
Mega 37 0   50
Nabil 8 50    
NIBL 0 0    
NICAsia 6 0    
NMB 50 0    
Prime 1 15    
Sanima 4 50    
Siddhartha 45 0    
Sunrise 0 0    
Prabhu 0 0    
Total 260 165 0 50

बजारमा दैनिक सुनको कारोबार भएपनि बैंकबाट भने जान छाडेको हो । ब्यवसायीहरुले दैनिक ३५ किलोसम्म सुन बिक्री हुने गरेको बताउँछन् ।
 
'तीन महिना भयो सुनको बिक्री हुन छाडेको । बजारमा कसरी माग पुरा भइरहेको छ भन्ने हामीलाई पनि आश्चर्य लागेको छ' सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने ।
 
सामान्यतया बैंकबाट सुन बिक्री नभएपछि बजारमा अभाव देखिनुपर्ने हो । तर बजारमा भने दैनिक सुनको कारोबार भइरहेको छ । बैंकरका तर्फबाट सुनको समन्वय मिलाउने जिम्मा पाएका नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविन पराजुलीले  औपचारिक च्यानलबाट सुनको बिक्री हुन नसकेको जानकारी दिए । यस्तो अवस्थामा अन्य माध्यमबाट सुनको माग पूरा भइरहेको हुनसक्ने सम्भावना रहेको उनले बताए।
 
बैंकमा सुन स्टक बस्न थालेपछि सुनको कारोबारसँग सम्नबन्धित खर्चहरु बढेको उनले जानकारी दिए । बैंकहरुले दैनिक १५ किलो सम्मको सुन आयात गर्न पाउछन्। वाणिज्य बैंकहरुसँग गत साताको अन्तिम दिनसम्म चार सय २५ किलो सुन स्टक बाँकी छ।
 
राजधानीभित्रका बैंकहरुमा मात्र  २६० किलो र मोफसलका शाखामा १६५ किलो सुन स्टक छ । यस वाहेक ५० किलो सुनको आयात पेन्डिङमा छ ।
 
गत वर्ष भूकम्प र नाकाबन्दीका कारण बजारमा सुनको माग भएन । गत वर्ष बैंकहरुले एक हजार ६ सय ५० किलो मात्र सुन आयात गरेको नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत केशव अधिकारीले जानकारी दिए ।
 
'बजारमा अत्याधिक माग भएको अवस्थामा बैंकले सुन वितरण गर्न नसकेको खण्डमा तस्करी अवश्य हुने गरेका छन्', सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले भने , 'तर यसपाली भने सुनको माग नै आएको छैन । त्यसैले तस्करीको आशंका गर्नु ठिक होइन ।' देशभरीमा २२ हजार वटा  सुनचाँदीका पसलहरु छन् ।