माइक्रोम्याक्स इ ४८५ क्यानभास सिक्स नेपालीमा, मुल्य २३ हजार ६ सय, १३ मेगापिक्सेलको क्यामरा

बिजमाण्डू
२०७३ असार १५ गते ००:०० | Jun 29, 2016
माइक्रोम्याक्स इ ४८५ क्यानभास सिक्स नेपालीमा, मुल्य २३ हजार ६ सय, १३ मेगापिक्सेलको क्यामरा

काठमाडौं । माइक्रोम्याक्स मोबाइलले नेपाली बजारमा नयाँ उत्पादन इ ४८५ क्यानभास सिक्स ल्याएको छ।  २३ हजार ६ सय ५० रुपैयाँ मुल्य रहेको यो मोबाइल १.३ गिगाहर्जको अक्टा कोर प्रोसेसरबाट सञ्चालित छ।
 
माइक्रोम्याक्स  विश्वप्रसिद्ध भारतिय ब्राण्ड हो। यो कम्पनी बजेट अनुकुल फोनका लागि प्रख्यात रहेको छ।
 
इ ४८५ क्यानभास सिक्समा ५.५ इञ्चको फुल एचडि डिस्पले रहेको छ। यस मोबाइलमा १३ मेगापिक्सलको रियर क्यामरा रहेको छ भने आठ मेगापिक्सलको फ्रण्ट क्यामरा रहेको  कम्पनीले जानकारी दिएको छ। 
 
यस मोबाइलमा तीन जिबिको र्‍याम रहेको छ भने ३२ जिबिको रोम रहेको छ। यो फोन एण्ड्रोइडको ललिपप ५.१ अपरेटिङ सिस्टममा आधारित रहेको कम्पनीले जानकारी दिएको छ।
 
यसमा ३००० एमएएच क्षमताको ब्याट्री रहेको कम्पनीले जानकारी दिएको छ।
 
 

Tata
GBIME
Nepal Life