राष्ट्र बैंकका कर्मचारी फेरि आन्दोलित, ७०० कर्मचारीको हस्ताक्षर संकलन, गभर्नर कार्यालय घेराउ

बिजमाण्डू
२०७३ असार १५ गते ००:०० | Jun 29, 2016


काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीहरु फेरि आन्दोलित भएका छन् । कर्मचारीको उमेर हदवन्दी र सेवा अवधिका विषयलाई लिएर उनीहरुले गभर्नर कार्यकक्ष घेराउ गरेका छन् ।
 
नेपाल राष्ट्र बैंक कर्मचारी सेवा निवयमावली २०६८ को परिच्छेद १० को विनयम १११ को व्यवस्था कायमै हुनुपर्ने भन्दै आन्दोलनरत कर्मचारीहरुको माग राखेका छन् । कर्मचारीहरुले व्यवस्थापनको ध्यानाकर्षण गराउन भन्दै गभर्नर कार्यालय घेराउ गर्नु परेको बताएका छन् ।
 
व्यवस्थापनलाई दवाव दिन राष्ट्र बैंकका सात सय जना कर्मचारीको मागका पक्षमा हस्ताक्षर संकलनसमेत गरेका छन् । संकलित हस्ताक्षर गभर्नरले बुझ्न नमानेको भन्दै कार्यकक्ष घेराउ गर्नु परेको उनीहरुको दावी छ ।
 
कर्मचारीले सेवा अवधि ३० वर्ष तथा अनिवार्य अवकास ५८ वर्ष उमेर हद कायमै रहनुपर्ने माग राखेका हुन् । विनियम ११३ बमोजिम पदावधि पूरा गरेको कर्मचारीहलाई बैंकबाट अनिवार्य अवकाश दिइनेछ भन्ने व्यवस्था हुँदा हुँदै व्यवस्थापनले समग्र कर्मचारीहरुको भावनालाई लत्याएको आरोप लगाएका छन् ।

Tata
GBIME
Nepal Life