सगुनले पाँच लाख डलरको सेयर विक्री गर्ने, बुधबारबाट विक्री खुला, पाँच हजार डलर लगानी गर्नुपर्ने

बिजमाण्डू
२०७३ असार १५ गते ००:०० | Jun 29, 2016

काठमाडौं । सगुनले योग्य लगानीकर्तालाई कम्तिमा पाँच हजार डलर लगानी गर्ने अवसर प्रदान गरेको छ। । वासिङ्टन डीसीमा अवस्थित सगुन अमेरिकामा बसोबास गर्दै आएका नेपालीले स्टार्टअप कम्पनीको रुपमा स्थापना गरेको सामाजिक सञ्जाल हो।

Tata
GBIME
Nepal Life

सगुनले पहिलो चरणमा ५ लाख डलरको सेयर विक्री गर्न लागेको हो । सगनुले ३.७५ प्रति शेयरका दरले ४ लाख ८० हजार शेयर बिक्री गरि १८ लाख डलर सम्म उठाउन पाउने छ । जुलाई महिनाको अन्त्यतिरबाट दोस्रो चरणको आइपिओ सुरु गर्ने जानकारी काठमाडौमा बुधबार आयोजित कार्यक्रममा दिइयो ।

'प्रयोगकर्ताहरु माझ पुगेर सगुनलाई एउटा उदाहरणीय सामाजिक सञ्जाल बनाउन र अन्य सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले भोग्नुपर्ने नकारात्मक अनुभवहरु हटाउनका लागि हामी लागिपरेका छौं,' लगानीको अवसर खुल्ला गरिएपछि संस्थापक गोविन्द गिरीले भने, 'विश्व बदल्ने लक्ष्य लिएको हाम्रो समुहका तर्फबाट त्यस्तै उद्देश्य रहेका अन्यलाई सगुनमा सहभागिता जनाएर सहकार्य गर्न लगानीको मौका प्रदान गरिएको छ । यसको लागि कानुनी रुपमा बाटो खोलिदिएकोमा यूएस् जब्स एक्टलाई धन्यवाद दिन चाहन्छु।'

सगुन बिश्वब्यापी रुपमा फैलिएको सोसियल कमर्स सञ्जाल हो । यसले विश्वभर रहेका लगानीकर्तालाई इक्विटी क्राउडफन्डिङ पहलमा बैंकरोल मार्फत अवसर प्रदान गरिरहेको छ। सेयर खरिदबाट आएको पूँजीबाट सगुनको प्रयोगकर्ता विस्तार गर्ने, थप नयाँ विशेषताहरु बढाउँदै जाने र मोबाइल एप्पको सुरुवात गरिने जानकारी दिइएको छ ।

सगुनमा रजिस्टर प्रयोगकर्ताका लागि थुप्रै प्रकारको एप्लिकेसन रहेका छन् । माई डे (दैनिक काम मिलाउने), मुड टक (मुड अनुसार कुराकानी गरिने), र ओपन सेक्रेट (आफ्नो गोप्य कुराहरु सेयर गर्ने फिचर) ) मुड टकबाट प्राइभेट वा ग्रुप च्याटमा प्रयोगकर्ताहरुले आफ्नो मुड अनुसार इमोजी र स्टिकर बनाउन सक्नेछन् । सगुनको च्याटमा कुराकानी गरेको २४ घन्टा पछि म्यासेजहरु आफै हराएर जानेछन् । सगुनमा प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार आफ्नो सेक्रेट सबैलाई वा चाहेको व्यक्तिलाई मात्रै सेयर गर्न सक्नेछ ।
 
यही वर्षको अन्त्यसम्म सगुनले आफ्नो सोसियल स्मार्ट कार्डलाई प्रयोगकर्ताहरु माझ ल्याउने जानकारी पनि दिइएको छ। सगुनमा आफ्नो प्रोफाइल बनाउँदा र सगुनमा आबद्ध भएपछि सगुन प्रयोगकर्ताले नि:शुल्क रुपमा स्मार्ट कार्ड पाउनेछन् ।

सहसंस्थापक कविन सिटौलाले  नेपालीको शिर उचो बनाउने चाहनामा सरिक हुन चाहने विश्वभर छरिएर रहेका नेपालीलाई लगानीको एक सुनौलो अवसर उपलब्ध गराउन पाएकोमा उत्साहित भएको बताए ।