जर्मनी र इटली, यी दुई टिमको आठ भिडन्तमा यस्तो छ नतिजा

बिजमाण्डू
२०७३ असार १६ गते ००:०० | Jun 30, 2016
जर्मनी र इटली, यी दुई टिमको आठ भिडन्तमा यस्तो छ नतिजा


फ्रान्समा जारी युरो कप २०१६ अन्तर्गत क्वाटर फाइनलका खेलहरु बिहीबारबाट सुरु हुँदैछ। तेस्रो क्वाटर फाइनलमा दुई परिचित प्रतिद्वन्द्वी जर्मनी र इटली भिड्दैछन्। जर्मनी र इटली युरोकपमा भिड्न लागेको यो चौथो पटक हो। तर यसअघिका युरोमा जर्मनीले इटलीलाई हराउन सकेको छैन।

Tata
GBIME
Nepal Life

युरोमा जर्मनी र इटलीबीचको दुई खेल बराबरीमा सकिएको थियो। पछिल्लो पटक सन् २०१२ को सेमिफाइनलमा इटलीले जर्मनीलाई हराएको थियो।

समग्रमा भने जर्मनी र इटली कम्पिटेटिभ म्याचमा ८ पटक भिडेका छन्। जसमा इटली ४ पटक विजयी भएको छ भने ४ खेल बराबरीमा सकिएको छ।

सन् १९६२ विश्वकप, जर्मनी ०–० इटली
जर्मनी र इटली सन् १९९२ को विश्वकपमा पहिलो पटक भिडेका थिए। उक्त खेल ०–० को बराबरीमा सकिएको थियो। बराबरी पछि जर्मनी क्वाटरफाइनलमा पुगेको थियो भने इटलीले समूह चरण पार गर्न सकेन।

सन् २०७० विश्वकप सेमिफाइनल इटली ४–३ जर्मनी
इटलीले खेलको आठौं मिनेटमै अग्रता लिएको थियो। तर खेलको अन्त्यतिर जर्मनीका कार्ल हाएन्जले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि खेल अतिरिक्त समयमा पुग्यो। जसमा जर्मनीले गोल गर्दै अग्रता बनायो। तर त्यसपछि १३ मिनेटभित्र इटली ३ गोल गर्दै ४–३ ले विजयी भएको थियो। अतिरिक्त समयमा जर्मनीले पनि एक गोल गरेको थियो।

सन् १९७८ विश्वकप दोस्रो राउण्ड, जर्मनी ०–० इटली
विश्वकपको दोस्रो चरणमा इटली र जर्मनी भिडेका थिए। यस समूहबाट एक टीम मात्र फाइनलमा जाने व्यवस्था थियो। तर गोलरहित बराबरी खेलेपछि दुवै टीम फाइनलमा पुग्न सकेनन्।

सन् १९८२ विश्वकप फाइनल, इटली ३–१ जर्मनी
सन् १९८२ को फाइनलमा पनि इटली र जर्मनीबीच फाइनल खेल भएको थियो। जसमा इटलीले जर्मनीलाई ३–१ ले पराजित गर्दै तेस्रो पटक विश्वकप उपाधि जितेको थियो।

सन् १९८८ युरो समूह चरण इटली १–१ जर्मनी
१९८८ को युरो अन्तर्गत इटली र जर्मनीबीच उद्घाटन खेल भएको थियो। खेलमा ५२ औं मिनेटमा इटलीले पहिले अग्रता लिएको थियो। तर त्यसको तीन मिनेटपछि नै जर्मनीले गोल गरेपछि खेल १–१ को बराबरीमा सकिएको थियो।

सन् १९९६ युरो जर्मनी ०–० इटली
समुह चरणमा इटली र जर्मनीबीच भेट भएको थियो। जियनफ्रान्को जोलाले पेनाल्टी प्रहार मिस गरेपछि इटली र जर्मनी बीचको खेल गोलरहित बराबरीमा सकिएको थियो। इटली समूह चरणमा तेस्रो स्थानमा रहँदै बाहिरिएको थियो।

सन् २००६ विश्वकप जर्मनी २–० इटली
सन् २००६ को विश्वकप जर्मनीले आयोजना गरेको थियो। जर्मनी र इटली  सेमिफाइनलमा भिडेका थिए। आयोजक जर्मनीलाई २–० ले पराजित गरेको इटलीले फाइनलमा फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेको थियो।

निर्धारित ९० मिनेट सम्म जर्मनीले इटलीलाई गोलरहित बराबरीमा रोके पनि अतिरिक्त समयमा इटलीले २ गोल गरेको थियो।

सन् २०१२ युरो कप सेमिफाइनल जर्मनी १–२ इटली
गत संस्करणको सेमिफाइनलमा जर्मनी र इटली सेमिफाइनलमा भिडेका थिए। जर्मनीलाई उपाधिको दाबेदारका रुपमा हेरिएको थियो। तर मारियो बालोटेलीले दुई गोल गरेपछि जर्मनीलाई २–१ ले पराजित गर्दै इटली फाइनलमा पुगेको थियो। जर्मनीका लागि मेसुट ओजिलले पेनाल्टीबाट सान्त्वना गोल गरेका थिए।