नेपाल लाइफको एफपिओमा अर्को विज्ञप्ति जारी धितोपत्र बोर्डले, प्रिमियम मूल्यमा हेरफेर हुन्छ

बिजमाण्डू
२०७३ असार १६ गते ००:०० | Jun 30, 2016
नेपाल लाइफको एफपिओमा अर्को विज्ञप्ति जारी धितोपत्र बोर्डले, प्रिमियम मूल्यमा हेरफेर हुन्छ
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम मूल्य हेरफेर हुनसक्ने भन्दै लगानीकर्तालाई सचेत हुन आग्रह गरेको छ । कम्पनीले फरदर पब्लिक इस्यु –एफपिओ) का लागि धितोपत्र बोर्डमा पेश गरेको मूल्यमा हेरफेर हुनसक्ने तथ्यप्रति सचेत हुन लगानीकर्तालाई आग्रह गरिएको हो । 
 
बोर्डको निर्देशन अनुसार विहीबारदेखि नेपाल लाइफको सेयर कारोबार खुल्ला भएको हो । सेयर मूल्य निकै बढेपछि बोर्डले लगानीकर्तालाई मूल्य परिवर्तन हुने स्पष्ट संकेत दिएको हो । कम्पनीले प्रतिकित्ता २९ सय ५१ रुपैयाँमा एफपिओ जारी गर्न लागेको हो। मूल्य धेरै भएको र बोर्डबाट अनुमति नै नलिई मूल्य घोषणा गरेको भन्दै यो कम्पनीको सेयर कारोबार रोक्का गरिएको थियो ।

यस्तो छ बाेर्डको विज्ञप्ति:

 
प्रिमियम मुल्य निर्धारणमा एकरुपमा ल्याउन स्पष्ट नीतिगत आधार तयार गर्न केही समय लाग्ने भएकोले सेयर कारोबार खुल्ला गरिएको पनि बोर्डले जनाएको छ । बोर्डबाट निर्धारण भएको प्रिमियम मूल्यमा मात्रै कम्पनीले एफपिओ जारी गर्न पाउँछ । बोर्डले तोक्ने प्रिमियम मूल्य कम्पनीले तोकेभन्दा फरक हुनेतर्फ सचेत हुन सर्वसाधारण लगानीकर्तालाई आग्रह गरिएको छ ।  
 

Tata
GBIME
Nepal Life