फेरि इन्स्योरेन्स समूहमै फर्किए लगानीकर्ता, बैंक घट्दा पनि इन्स्योरेन्सले थेग्यो सेयर बजार

बिजमाण्डू
२०७३ असार १६ गते ००:०० | Jun 30, 2016
काठमाडौं । पुँजी बजार फेरि इन्स्योरेन्सकै वरिपरि घुमेको छ । बैंक, होटल, जलविद्युत र उत्पादनमुलक समूह ओर्लिदा पनि बीमा इन्स्योरेन्स समूह भने बलियो देखियो । सेयर बजार दिनभरमा १.३६ अंकले घट्यो भने कारोबार भने एक अर्ब ७५ करोड रुपैयाँ पुग्यो । बजारमा दिनभर उतार चढाव देखियो । 
 
नेपाल लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, नेको इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, लाइफ इन्स्योरेन्सलगायतका कम्पनीको सेयर कारोबारले बजारलाई थेगेको हो । विहीबार देखि नै कारोबार खुल्ला भएको नेपाल लाइफ इन्स्योरेन्सको मात्रै १८ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भयो । यसले कारोबार रकमलाई निकै माथि उठाएको हो ।
 

 
राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य विहीबार पनि १० प्रतिसतले बढ्यो । यो कम्पनीको मूल्य विहीबार बजार बन्द हुँदा १५ हजार ३२३ रुपैयाँ पुग्यो । सबै भन्दा बढी कमाउनेमा पनि यही कम्पनीका लगानीकर्ता परेका छन् । 
 
मिथिला लघुवित्त विकास बैंकको सेयर मूल्य पनि १० प्रतिसतले नै बढ्यो । यस बाहेक युनियन फाइनान्स, कालिका माइक्रोक्रेडिट, नेपाल ग्रामीण विकास बैंकको सेयर मूल्य आठ प्रतिसत भन्दा धेरै बढेको छ । सेती फाइनान्स, गुडविल फाइनान्स, सेन्चुरी कमर्सियल बैंक लगायतका सस्थाका सेयरधनीले भने विहीबार गुमाएका छन् । 
 
 
 
 

Tata
GBIME
Nepal Life