स्टार्टअपलाई विनोद चौधरीको टिप्स- सफल हुन दिउसै सपना देख्नुस, ६ सय उद्यमीले गरे परामर्श

बिजमाण्डू
२०७३ असार १६ गते ००:०० | Jun 30, 2016
काठमाडौं । विजनेश स्टार्टअपलाई सहयोग पुर्याउने उद्देश्यले राजधानीमा बिजनेश नेटवर्किङ आवर कन्फरेन्स आयोजना गरिएको छ । क्लकबी बिजनेश इन्नोभेसन्सले आयोजना गरेको यो कार्यक्रममा उद्यम व्यवसायमा लागेका व्यवसायीलाई सहयोग पुर्याउनु रहेको जानकारी दिइएको छ । 
 
देशभरबाट ६ सयजना भन्दा बढी व्यवसायीहरु कार्यक्रममा सहभागी थिए । सहभागी व्यवसायीलाई अर्बपति बिनोद चौधरी, बैंकर अनिलकेशरी शाह, पत्रकार रविन्द्र मिश्र, बाजेको सेकुवा प्रमुख चेतन भण्डारी, ठमेल डटकमका संस्थापक बालकृष्ण जोशी, प्रिज्मा एडभर्टाइजिङका प्रबन्ध निर्देशक रञ्जित आचार्य, वृहत् ग्रुपका कार्यकारी प्रमुख ओम राजभण्डारीले व्यवसायका विषयमा अनुभव साटेका थिए । उनीहरुले नेपाल उद्यमशीलताका लागि उर्जाशील ठाउँ रहेको धारणा राखे । 
उद्यम व्यवसायमा लागेका व्यवसायीलाई सहयोग पुर्याउनु रहेको जानकारी दिइएको छ । अभिवृद्धि गर्ने उद्देश्यले आयोजनागरिएको कन्फ्रेन्समा नेपालभरीबाट ६ सयजनाभन्दा बढी सहभागीथिए । 
 
कन्फरेन्सको कीनोट स्पिकरमा नेपालकाएकमात्र अर्बपति बिनोद चौधरी, बैंकर अनिलकेशरी शाह, पत्रकार रविन्द्र मिश्र, बाजेको सेकुवाका प्रमख चेतन भण्डारी, ठमेल डटकमका संस्थापक बालकृष्ण जोशी, प्रिज्मा एडभर्टाइजिङका प्रबन्ध निर्देशक रञ्जित आचार्य, वृहत ग्रुपका कार्यकारी प्रमुख ओम राजभण्डारीले नेपाल उद्यमशीलताका लागि उर्जाशील ठाउँ रहेको धारणा राखे । उनीहरुले समस्यालाई सकारात्मक रुपमा बुझ्न सक्नेले मात्रै अवसर देख्न सक्ने बताए । ‘ब्यवसायमा सफल हुन चाहनेहरुले दिउँसै सपना देख्न सक्नु पर्छ,’ चौधरीले भने ।
त्यस्तै कन्फरेन्समा भेन्चर्स क्यापिटालिस्टको रुपमा सिम्रिक एयरलाइन्सका प्रमुख रामेश्वर थापा, सुस्मित ग्रुपका प्रबन्ध निर्देशक सुशील पोखरेल र टिबिआई ग्रुपका प्रबन्ध निर्देशक शिशिर भट्टले नेपालमा स्टार्टाअप बिजनेशको सम्भावना र लगानी मैत्री वातावरणका बारेमा आआफ्ना भनाइ राखेका थिए । उनीहरुसँग सहभागीले लगानीको सम्भावनाबारे अन्तक्रिया गरेका थिए । ‘ब्यवस्थापन, ब्यवसाय विस्तार सम्भावना, प्रतिफलको मात्रा र लगानी फिर्ता लिने सहज रणनीति स्टार्ट अप कम्पनीका लागि महत्वपूर्ण हन्छ,’सुस्मितका प्रबन्ध निर्देशक पोखरेलले भने । 
 

Tata
GBIME
Nepal Life