महाराजगञ्जमा बानथार्इको रेष्टुरेन्टको शाखा, टिपिकल थार्इ खाना, अर्गानिक फार्मबाट तरकारी

बिजमाण्डू
२०७३ असार ३० गते ००:०० | Jul 14, 2016
महाराजगञ्जमा बानथार्इको रेष्टुरेन्टको शाखा, टिपिकल थार्इ खाना, अर्गानिक फार्मबाट तरकारी

काठमाडौं । बानथार्इ रेष्टुरेन्टको शाखा महाराजगञ्जमा खुलेको छ । लामो समयदेखि दरबारमार्गमा यो रेष्टुरेन्ट संचालनमा छ ।महाराजगञ्जमा खुलेको रेष्टुरेन्टमा टिपिकल थार्इ फूड मात्रै पाउने संचालक गणेश ढकालले बताए ।

उनका अनुसार सस्तो, गुणस्तरीय खाना रेष्टुरेन्टमा पाइनेछ ।थार्इ फूड विश्वमानै प्रसिद्ध छ । नेपालमा पनि यो खानाप्रति आर्कषण बढ्दो पाएको छु, उनले भने । यो रेष्टुरेन्टको क्षमता १ सय ४० जनाको रहेको छ । रेष्टुरेन्टमा चारवटा मिटिङ रुपहरु समेत छन् । उनले थार्इल्याण्डमा हुने रेष्टुरेन्टको डिजाइनमा बानथार्इ निर्माण गरिएको दाबी गरे ।

थार्इ खानाका लागि आवश्यक सबै खाद्यान्न थार्इल्याण्डबाट ल्याउने गरेको छु, ढकालले भने, तरकारी लगायत आफ्नै अर्गानिक फार्मबाट ल्याउने गरेको छु । उनले दरबारमार्गमै रोयल अष्ट्रिज रेष्टुरेन्ट संचालन गरिरहेका छन् । नयाँ बानेश्वरमा चोकमाथार्इ रेष्टुरेन्ट र तीनकुने रोयल ब्यांकेट संचालनमा छ । 

Tata
GBIME
Nepal Life